मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

फरार महिला दश वर्षपछि पक्राउ

फरार महिला दश वर्षपछि पक्राउ


विराटनगर । दश वर्षअघि विदेशी विनिमय अपचलनको मुद्दामा अदालतबाट रु तीन करोडभन्दा बढी जरिवाना तोकिएकी एक फरार महिलालाई पक्राउ गरिएको छ ।मोरङको बेलबारी–३ बस्ने थिरकुमारी बस्नेतलाई क्षेत्रीय अनुसन्धानको टोलीले बुधबार पक्राउ गरेको पूर्वक्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।
 
काठमाडौँ जिल्ला अदालतले उनलाई २०६२ साल असोज १४ विदेशी विनिमय अपचलनको मुद्दामा रु तीन करोड ४८ लाख ८३ हजार ५९० जरिवाना तोकेको थियो । विशेष सुराकी परिचालन गरी उनलाई आफ्नै घरबाट पक्राउ गरी अदालतसमक्ष पेस गरिएको क्षेत्रीय कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्ण पँगेनीले जानकारी गराए । 
 
बस्नेतउपर भएको जरिवानाको लगत जिल्ला अदालत मोरङमा भएकाले जिल्ला अदालतमै बुधबार उपस्थित गराई विराटनगरस्थित कारागारमा पठाइएको छ । रासस
 

शेयर गर्नुहोस:

0
Shares