मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

झापामा अर्चलेश्वर महादेव मन्दिरको पूनर्निर्माण सम्पन्न

झापामा अर्चलेश्वर महादेव मन्दिरको पूनर्निर्माण सम्पन्न


झापाको शान्तिनगर -९ स्थित २५० वर्ष पूरानो अर्चलेश्वर महादेव मन्दिरको पूनर्निर्माण सम्पन्न भएको छ । झापाबाट पत्रकार एवम् कन्चन्जङगा एफएमका अध्यक्ष चन्द्र भण्डारीले दिएको जानकारी अनुसार स्थानियबासीको सक्रियतामा उक्त मन्दिर पूनर्निर्माण भएको हो । यहि मन्दिरको आंगनमा प्रशिध्द भाषा शास्त्री महानन्द सापाकोटाको ब्रतबन्ध भएको थियो ।

 

पत्रकार तारा बराल, उहाँका हजुरबुवा उमाकान्त बराल र पिता रबिलाल बरालसम्मले त्यहाँ पूजा अर्चना गरेको स्मरण पत्रकार भण्डारीले गरेका छन् । मन्दिर निर्माणमा झापाका विभिन्न संघसस्था र दानवीरहरुको उल्लेख्य सहयोग रहेको कुरा बताइएको छ ।