मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

एनआरएन अमेरिकाले फेरी सदश्य विस्तार अभियान थाल्ने

एनआरएन अमेरिकाले फेरी सदश्य विस्तार अभियान थाल्ने


हिमालयखवर संवाददाता-
कोलाराडो (अमेरिका), ३० अप्रिल २०१६ I गैर आवसिय संघ राष्ट्रिय समन्वय परिषद (एनआरएन ) अमेरिकाले सदश्यता विस्तारलाई पुन अभियानका साथ अघि वढाउने निर्णय गरेको छ । कोलोराडोमा शनिवार आयोजना भएको एनआरएन अमेरिका कार्यसमिति र च्याप्टर वैठकले यो निर्णय गरेको थियो । हाल एनआरएन अमेरिकामा करिव १० हजार सदश्य छन् । 
 
बैठकहरु पछि समापन समारोहमा एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेल र एनआरएएन अन्तराष्ट्रिय समिति आईसीसीका उत्तर अमेरिका  संयोजनक सोनामा लामाले उक्त एनआरएन अमेरिकाका विभिन्न राज्यमा रहेका च्याप्टर लगायत सवैलाई सदश्यता बृद्धिलाई तिव्रता दिन आग्रह गरेका छन् । 
 
वैठकले नेपाली समुदायको सवैभन्दा वढी बसोवास रहेको न्यूओर्कमा नेपाली समुदायिक केन्द्र (कम्युनिटी सेन्टर) वनाउने निर्णय पनि गरेको छ । यसका लागि १५ लाख  देखि २५ लाख अमेरिकी डलरसम्म लाग्ने अनुमान गरिएको छ । 
 
कम्युनिटी सेन्टर वनाउने न्यूओर्कवाट शुरुआत गरिएको हो यो क्रमश अन्य राज्यमा पनि विस्तार हुन्छ आईसीसी उत्तर अमेरिका संयोजक सोनाम लामाले भने ।  एनआरएन अमेरिकामा नयां कार्यसमिति आएको एक बर्ष पुगेका वेला भएको यो भेलाले च्याप्टर र एनआरएन अमेरिका विचमा रहेका समस्यालाई पनि सल्टाएको डा पौडेलले जानकारी दिए । च्याप्टर वाट बैंक खाता संचालन लगायत विभिन्न ७ मागहरु आएका थिए हामीले सवैलाई सम्वोधन गरौं पौडेलले भने एनआरएनलाई आउने दिनमा अझ सशक्तरुपमा अघि वढाउन यो महत्वपुर्ण हुने छ । 
 
आफ्नो कार्यकालको एक वर्षमा अप्रत्याशित रुपमा आएका घटनाक्रमले अमेरिका भित्र नेपाली एनआरएन समुदायका लागि लक्ष्य अनुसार काम गर्न नसकेको भएपनि आउने एक बर्ष धेरै काम हुने छन् पौडेलले भने । एनआरएन अमेरिकाले एक बर्ष भित्र नेपालमा गएको महाभुकम्प प्रभावितका लागि सहयोग लगायत विभिन्न १० कामहरु गरेको विवरण पनि एनआरएनले सर्वाजनिक गरेको छ । गत बर्षको महाभुकम्पका वेला एनआरएनले २ लाख ६६ हजार अमेरिकी डलर सहयोग संकलन गरेको र २ लाख भन्दा वढी राहत र पुर्ननिमार्णमा खर्च भएको विवरण पनि सार्वजनिक गरेको छ । 
 
उक्त वैठकमा आउने अगस्टको अन्तिम साता न्यूओर्कमा हुन लागेको एनआरएन क्षेत्रिय सम्मेलनका लागि तयारी गर्न उत्तरअमेरिका संयोजक लामाको अध्यक्षतामा ९ सदशीय समिति पनि गठन गरेको छ । शनिवार नै एनआरएन अध्यक्ष शेष घलेसंगपनि क्षेत्रिय संयोजक लामा लगायत एनआरएन अमेरिका पदाधिकारीहरुले भावी रणनीतिका वारेमा टेलिफोन मार्फत छलफल गरेका थिए । 
 
उक्त भेलामा आईसीसी उत्तर अमेरिकाका उपसंयोजक एसी शेर्पा एनआरएन उपाध्यक्षहरु कृष्ण पोखरेल, राम सि पोखरेल, रविना थापा लगायत एनआरएन  अमेरिकाका केन्द्रिय समितिका अन्य पदाधिकारीहरुको सहभागीता थियो । समापनमा कोलोराडो स्थित स्थानिय संघ संस्थाका प्रतिनिधिहरुले पनि एनआरएन प्रति अहिले विश्वास वढ्दै गएको वताउंदै अझ सशक्त रुपमा अघि वढ्न सुझाव दिएका थिए I
 
एनआरएन कोलोराडोमा च्याप्टर अध्यक्ष बासुदेव खनालले डेनभरमा नेपाली समुदायिक केन्द्र (कम्युनिटी सेन्टर)  स्थापनाका लागि सहयोग गर्ने आग्रह गरे । खनालले नेपाली भाषा कक्षा र अन्य समुदायलाई हितहुने क्षेत्रमा आफुहरुले कामगर्ने चाहेको  आग्रह गरे । एनआरएन अमेरिकाका डा केशव पौडेलको प्रमुख अतिथि तथा कोलोराडोमा च्याप्टर अध्यक्ष बासुदेव खनालको  सभापतित्वमा कार्यक्रम सम्पन भएको थियो I