मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कृतिमा नाइटको तयारी पुरा

कृतिमा नाइटको तयारी पुरा


हिमालय खबर संबाददाता-
ड्यालस (अमेरिका) । नेपालका भुकम्प पीडित विद्यालय भवन निर्माणका लागि आज शुक्रबार ड्यालसमा हुने  ‘कृतिमा नाइट’ को तयारी पुरा भएको छ ।
 
सानै उमेरकी नानी कृतिमा लामिछानेको अग्रसरतामा हुन लागेको यो सांगितिक कार्यक्रममा पछिल्लो समयमा निकै चर्चामा रहेकी गायिका रिजा उप्रेतीले समेत साथ दिनुहुने भएको छ । गत वर्षको भुकम्पबाट क्षतीग्रस्त भएका विद्यालयहरुको निर्माणका लागि सहयोग जुटाउने उद्वेश्यले यो ‘कृतिमा नाइट’  आयोजना गर्न लागिएको हो ।
 
अर्भिङस्थित रमाइलो रेष्टुरेन्टमा शुक्रबार साँझ ७ बजेदेखि सुरु हुने कार्यक्रमबाट उठेको सम्पूर्ण रकम नेपालमा पठाइने कार्यक्रमकी आयोजक कृतिमाले बताउनुभयो । ‘कृतिमाको यो सामाजीक कार्यमा मैले पनि केही सहयोग गर्नुपर्छ भन्ने लागेर सहभागी हुँदैछु,’ गायिका रिजा उप्रेतीले हिमालय खबर संगको कुराकानीमा भन्नुभयो । 
 
झण्डै ८० वटाको हाराहारीमा गीत गाइसक्नुभएकी गायिका रिजाका आशा भोस्लेले गाउनुभएको ‘झझल्को लिएर आएछ सावन..’ बोलको रिमिक्स गीत निकै चर्चामा छ । 
 
रात्रीभोज सहितको कार्यक्रममा सहभागीहरुले २० डलर र बच्चाहरुका लागि १० डलर प्रवेश शुल्क तोकिएको छ । यो कार्यक्रमको मुख्य आयोजक आरुजु उप्रेती  र माला महत हुनुहुन्छ ।