मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

पेरिसमा अकस्मात प्रदर्शन, हिंसाको आशङ्कामा उच्च सुरक्षा

पेरिसमा अकस्मात प्रदर्शन, हिंसाको आशङ्कामा उच्च सुरक्षा


पेरिस । फ्रान्सको राजधानी सहर पेरिसमा शुक्रबार बिहान अकस्मात ठूलो सङ्ख्याका युवाले प्रदर्शन गरेका छन् । सो प्रदर्शनका कारण हुनसक्ने हिंसाको आशङ्कामा प्रहरीले पनि ठूलो सङ्ख्याका साथ कडा निगरानी राखेको समाचार छ । 
 
मध्य पेरिसमा सुरु भएको सो प्रदर्शन रोक्ने क्रममा झडप भएको थियो । सो झडपमा परी दर्जनौँ युवा प्रहरीमाथि जाइलागेका थिए । त्यसपछि केही समय दुवै पक्षबाट हानाहान भएको बताइएको छ । प्रहरीले यस क्रममा कम्तीमा पनि २७ जनालाई पक्राउ गरेको छ । प्रहरीले २४ जनालाई थुनामा राखिएको जानकारी दिएको छ । 
 
मध्य पेरिसको प्लेस डि ला रिपब्लिकमा शुक्रबार बिहान अकस्मात सयभन्दा बढी युवाले आक्रामक रुपमा विरोध प्रशर्दन थालेका थिए । त्यस लगत्तै प्रहरी त्यहाँ पुगेको थियो । उनीहरुले त्यस क्षेत्रको बजारमा आगजनीको पनि प्रयास गरेका थिए । सो आक्रामक भिडले दुई वटा कार र दुइ स्कुटरमा आगो लगाइदिएको छ । 
 
प्रदर्शनको खास कारण खुलेको छैन । तर प्रहरीले प्रारम्भिक रुपमा पाएको तथ्याङ्कमा श्रमिक समूहले ज्यालाको विषयलाई लिएर प्रदर्शनमा उत्रेको जनाएको छ । यस आक्रमणमा परी कम्तीमा पनि २० जना प्रहरी घाइते भएका सरकारले जनाएको छ । चार प्रहरीको अवस्था गम्भीर रहेको छ । एएफपी