मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोहम्मदको कार्टुन प्रकाशन गरेकोमा टर्किस् पत्रकारलाई जेल सजाय

मोहम्मदको कार्टुन प्रकाशन गरेकोमा टर्किस् पत्रकारलाई जेल सजाय


अंकारा (टर्की) । टर्कीका पत्रकारले प्रोफेट मोहम्मदको कार्टुन प्रकाशन गरेकोमा दुई वर्षको जेल सजाय दिइएको समाचार छ । इस्तानबुलको अखबारका दुई जना प्रभावशाली पत्रकारलाई जेल सजाय दिइएको समाचारमा जनाइएको छ । ती दुई पत्रकारले आफैले कार्टुन बनाएको नभई फ्रान्सेली पत्रिका चार्ली एब्दोले बनाएको कार्टुनलाई आफ्नो नियमित स्तम्भमा विस्तार गरी प्रकाशन गरेका थिए । 
 
इस्तानबुलको एक अदालतले ती दुई पत्रकारलाई दुई वर्षको जेल सजाय बिहीबार सुनाएको समाचारमा जनाइएको छ । पत्रकार बुलेन्त उत्कु र सेइदा करनलाई सो जेल सजाय सुनाइएको उनीहरूका वकिल हिक्मद सेतिन्कायाले जानकारी दिनुभयो । उहाँले ती पत्रकारहरूले यस निर्णयको अपिल गर्ने योजना पनि बनाएको जानकारी दिनुभयो । टर्कीमा वर्तमान राष्ट्रपतिको कार्यकालमा प्रेस स्वतन्त्रताको अवस्थामा ह्रास आइरहेको बताइरहेका बेला फेरि यो घटना भएको छ । 
 
गतवर्ष उक्त कार्टुन बनाएको आरोपमा फ्रान्सको पत्रिका चार्ली एब्दोमाथि आईएसले आक्रमण गरी सम्पादकसहित १२ जना पत्रकारको हत्या गरेका थिए । उनीहरूले त्यसैबेला नै टर्कीमा पनि सो कार्टुनलाई थप विस्तार गरी प्रकाशन गरेको आरोपमा उजुरी गरिएको थियो । सोही मुद्दामा भएको सुनुवाइका क्रममा बिहीबार भने उनीहरूलाई दुई वर्षकै जेल सजाय सुनाइएको हो । एपी