मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

डेनभरमा शनिवार एनआरएन अमेरिका च्याप्टर भेला र केन्द्रिय कार्यसमितिको वैठक वस्ने

डेनभरमा शनिवार एनआरएन अमेरिका च्याप्टर भेला र केन्द्रिय कार्यसमितिको वैठक वस्ने


हिमालय खबर संबाददाता- 
कोलाराडो (अमेरिका) I एनआरएन अमेरिकाका विभिन्न राज्यका इकाई च्याप्टरलाई कसरी सशक्त वनाई अघि लैजाने यसमा छलफल गर्न शनिवार कोलोराडो डेनभरमा छलफल आयोजना हुने भएको छ । उक्त छलफलमा अमेरिकाका विभिन्न राज्यमा रहेका १५ च्याप्टर मध्ये अधिकांशवाट प्रतिनिधित्व हुने एनआरएन कोलोराडो च्याप्टरका अध्यक्ष बासु खनालले जानकारी दिए । डेभनर स्थित रामदा होटलमा हुन लागेको बैठकका लागि हाम्रो पनि तयारी लगभग पुरा भएको छ, खनालले हिमालय खबर संगको कुराकानीमा  भने ।
 
अहिलेसम्म १० देखि १२ च्याप्टरवाट प्रतिनित्वि हुन्छ भन्ने छ खनालले विहिवार भने । च्याप्टरको वैठकसंग एनआरएन अमेरिका केन्द्रिय समितिको वैठक पनि त्यही वस्ने भएको छ । यसका लागि एनआरएन अध्यक्ष डा केशव पौडेल लगायत उपाध्यक्ष र अन्य पदाधिकारी शुक्रवार कोलोराडो आउने कार्यक्रम छ । उक्त बैठकमा उत्तर अमेरिका क्षेत्रिय संयोजक सोनाम लामा लगायतको पनि सहभागिता हुने छ । 
 
कार्यसमिति बैठकमा विगतका कामको समिक्षा, निकट भविष्यमा अमेरिकामा हुनु लागेको एनआएन क्षेत्रिय भेला र भावि कार्यदिशाका वारेमा छलफल हुने एनआरएन अमेरिकाका पदाधिकारीहरुले जनाएका छन् । 
 
च्याप्टरको भेलामा बैक खाता संचालनमा देखिएको समस्या, नयां सदश्यता विस्तार, केन्द्रसंगको सम्वन्ध लगायतका विषयमा छलफल हुने आयोजकले जनाएका छन् । एनआरएन सदश्यता विषय गरी लाइफ मेम्बर विस्तारका लागि जोड दिने विषयमा पनि छलफल हुने छ । अहिले सदश्यले एक सय डलर तिरेपनि लाइफ मेम्बर वन्न सक्छन् । 
 
सदश्यता शुल्कवाट प्राप्त आम्दानीपनि बांडफांड, खर्चमा पारदर्शियता लगायतका विषयमा पनि च्याप्टर भेलामा छलफल हुने आयोजकले जनाएका छन् । च्याप्टरका सुझावहरु शनिवारनै केन्द्रिय समितिलाई दिइने छ । च्याप्टरको एक बर्ष पुरा भएकाले यसको समिक्षा र भावि रणनीतिका वारेमा छलफल गर्ने पनि कार्यक्रम  छ । 
 
शनिवार चार वजे केन्द्रिय पदाधिकारी, च्याप्टर प्रतिनिधि लगायत स्थानियहरु विच छलफल कार्यक्रम राखिएको छ ।