भर्जिनिया,अप्रिल २४ – म काँग्रेस होइन तर आजबाट म आधा काँग्रेस बने । झापा घर रहेका भर्जिनियामा बसोबास गर्दे आएका मेदिनी अधिकारीले सशांक कोइरालाको पैतालिस मिनेट लामो भाषण सुने पछि यसरी सुरु गरे । यसै गरी एउटा कुनामा बसेर प्रश्नको वर्षा गरिन शारदा सिलवालले –महिलाको आरक्षण भन्छन्, तर महिलाको हैसियतले केन्द्रीय सदस्य भईसकेका व्यक्ति किन जनजाति या दलित या अरू कुनै नाममा आरक्षणमा हाम्फाल्न खोज्छन । आइतबार करिब सत्तरी जना जति श्रोताको माझमा सशांकको रवाफिलो र चोटिलो राजनीतिक विकृतिका भाषण सुनेपछि यी दुई युवाले आफ्नो धारणा राखेका थिए । त्यसको प्रत्युत्तरमा कोइरालाले भने म तपाईँहरूको कुरासँग सहमत छु । तपाईहरुले भने जस्तै पहिला कोही काँग्रेस बन्छ भने त्यसको लागि बुझेर मात्र काँग्रेसमा लाग्नु हुन अनुरोध गर्दछु । दोस्रो आरक्षणको नाममा समस्या समाधान नहुने भन्दै यसलाई विधान संशेधन मार्फत् परिमार्जन गर्नु पर्ने आफ्नो धारणा रहेको कोइरालाले बताए ।
यसपटक कोइराला अमेरिकाको भ्रमणमा आउँदा निकै उत्साह थपिएको देखिन्थ्या्े, उनले न्यूयोर्कमा सम्बोधन गर्दे भनेका थिए तपाईहरु नेतालाई पैसा दिएर नविगार्नुहोस् । काँग्रेसलाई पुर्नताजगी गर्न तपाईँहरूको पैसा होइन विवेक र क्षमताको खाँचो छ । प्रवासमा बसेका व्यक्तिहरूको माझमा यसले निकै चर्चा कमायो । अर्कोतर्फ नेताको भाषण सुनेपछि ताली पिटने प्रवृत्तिलार्इै रोक्दै उनले भने ताली पिटन पख्नोस्,पहिला कुरा त पूरा सुन्नुहोस् । राजनीतिका विषयलाई व्यङ्ग गर्ने प्रवासीहरुको माझमा यसरी प्रस्तुत भएपछि नेपालको राजनीतिमा उदाउँदो तरिकाले पुरानो र ठुलो पार्टीको महामन्त्री बनेका कोइरालाले एक्काईसौ शताव्दिमा नेपाललाई सूचना प्रविधिसँग जोडने कुरामा पनि जोड दिए । त्यो भन्दा महत्त्वपूर्ण कोइरालाको यो भ्रमणमा जन सम्पर्क समितका वकवक गर्ने समूहलाई चोटिलो र धारिलो प्रहर गरे । उनले भने संस्था व्यक्ति होइन त्यसैले संस्थाको आधारमा चल्नेले विधि विधान भन्दा बाहिर जान्छ भने त्यसले कारबाही भोग्नै पर्छ । उनको यो भनाइले चौघेरामा बसेर नेताको चाकरी गरेर मन मिठो वनाउनेहरुलाई गतिलो झापड भएको छ । उनले न्यूयोर्कमा र भर्जिनियामा गरेका भाषणल् अमेरिकामा वासेवास गर्दे आएक धेरै नेपालीहरूलाई एउटा तरङ्ग उत्पन्न गराएको छ । यसले उनको साख पमिा पनि वृद्धि भएको छ । निजी भ्रमणको सिलसिलामा आएक भएता पनि पेसाले चिकित्सक डा. सशांक्ले आफना अनुभवहरुको उदाहरण दिई दिई भाषण गर्ने शैलीको विकासले उपस्थितहरुलाई ठटयौली पारामा आफना भनाईहरु राख्न सफल भएका छन् ।
उनले पार्टीको संरचनाको आलोचना गर्दे भने जुन जिल्लामा एउटा क्याम्पस पनि छैंन त्यो जिल्लामा नेविसंघको आवश्यकता किन परयो, अर्थात् त्यो जिल्लाको सभापति र काठमाण्डौंको सभापतिको एउटै आधारमा मापन गर्न खोजियो भने त्यसले कस्तो सन्देश दिन्छ । कार्यक्रममा कोइरालाले आफना पिताजीसँगका अनुभवलाई प्रस्तुति गर्दे भने एक पटक मैले पिताजीसँग काठमाण्डौं जाने खर्च मागे मलाई केवल साठी रुपैयाँ मात्र दिनु भयो, मैले त्यसलाई फालिदिए, उहाँले सँगै भएका केशव कोईरालालई बोलाएर सोध्नु भयो – काठमाण्डौं जानको लागि कतिखर्च लाग्छ रु केशवजीले जावाफ दिनु भयो ५६ रुपैयाँ साठी पैसा । केशवजीलाई त्यति रकम दिएपछि मलाई रिस उठयो, किन मलाई जम्मा साठी रुपैयाँ दिनु भएको रु जवाफमा विपीले भन्नु भयो –उसले मलाई परयो भने जीवन नै दिन्छ, तर तिमीलाई मैले माया ममताले यति रकम दिएको ।
सम्बोधनको क्रममा नेपाली काँग्रेसका नवनिर्वाचित महामन्त्री डा.सशांक कोइरालाले मधेसको माग काँग्रेसले मात्र सम्बोधन गर्न सक्ने बताए । कोइरालाले भने काँग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको अडानको कारणले संविधान जारी भएको हो, जुन सात दशक लामो अथक प्रयत्नवाट मात्र सम्भव भएको र त्यो काँग्रेसको प्रयत्नवाट मात्र सम्भव भएकोमा मलाई खुसी लागेको छ । कोइरालाले अव संविधान आएको छ, यसको कार्यान्वयन गर्ने जिम्मा हामीहरूको हो र त्यो जिम्मेवारी पूरा गर्न काँग्रेसको वर्तमान नेतृत्व सक्षम भएको स्पष्ट पार्नु भयो ।
कोइरालाले तेह्रौ महाधिवेशनले काँग्रेसमा साठी र चालिसको भागवण्डा अन्त्य गरिदिएको भन्दै अव मजबुत काँग्रेसले देशलाई समृद्ध बनाउन नेतृत्व लिने धारणा राखे ।कोइरालाले पार्टीको आन्तरिक संरचनामा परिवर्तन गर्दे प्रविधि मैत्री ढाँचामा अगाडि बढाउनु पर्नेमा जोड दिए, उनले भने अव हरेक गाविसलाई सूचना सञ्जालबाट जोडन म प्रयत्न गर्नेछु । जनताको हरेक समस्या केन्द्रीय सूचना प्रणालीमा जोडिनु पर्छ । त्यो भएको खण्डमा हामीहरूले गाउँको मुहार परिवर्तन गर्न सक्छौँ । कोइरालाले अव नेपालले जलविद्युतको विकासमा चाँडो प्रयत्न नगर्ने हो भने विश्वभर वैकल्पिक ऊर्जाको अवधारणाले प्रश्रय पाउने सम्भावनालाई नकार्न नसकिने बताए । त्यो अवस्थामा नेपालले सोचेको जस्तो बिजुलीको व्यापार नहुने भन्दै त्यस तर्फ सजग रहन अनुरोध गरे ।
सरकार परिवर्तनको विषयमा टिप्पणी गर्दे कोइरालाले भनेो – हामी सरकार परिवर्तनको पक्षमा छैंनौं । तर व्याप्त कालोवजार, भूकम्प पीडितहरुले राहत नपाएको र यस अगाडिको सरकारले दातृ निकाय मार्फत सङ्कलन गरेको रकम समेत खर्च गर्न नसकेर यो सरकारले आफ्नो नैतिकता गुमाईसकेको अवस्था छ ।कार्यक्रममा जन सम्पर्क समिति अमेरिकाका केन्द्रीय उपसभापति केशव बराल,नेपाल अमेरिका पत्रकार सङ्घ नेजाका अध्यक्ष गौतम दाहाल, च्याप्टर सभापति रामशरण हुमागाई,गोपाल विश्वकर्मा, मेरील्याण्ड राज्यका च्याप्टर सभापति राज सेन्चुरी लगायतले आफ्नो मन्तव्य राखेका थिए । च्याप्टर उपसभापति टंक दाहालले स्वागत मन्तव्य र महासचिव किरण लामाले कार्यक्रमको सञ्चालन गरेका थिए ।
प्रतिक्रिया