मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

लायन्स क्लबको डिस्ट्रिक्ट गभर्नरमा सुवेदी निर्वाचित

लायन्स क्लबको डिस्ट्रिक्ट गभर्नरमा सुवेदी निर्वाचित


काठमाडौं(नेपाल)- Lions Club International  District 325 A1 को डिस्ट्रिक्ट गभर्नर पदमा काठमाडौं जोरपाटीका कुमारराज सुवेदी निर्वाचित हुनु भएको छ । गत शनिवार राजधानीमा भएको Lions Club International  District 325 A1को चौथों वार्षिक सम्मेलनबाट वर्ष २०१६–१७ का लागि डिस्ट्रिक्ट गभर्नर पदमा सुवेदी विजयी हुनु भएको हो ।
 
त्यस्तै फस्र्ट भाइस डिस्ट्रिक्ट गभर्नर पदमा लिला ढुंगेल तथा सेकेण्ड भाइस डिस्ट्रिक्ट गभर्नर पदमा अनन्तराज भेटवाल निर्वाचित हुनु भएको छ । यसैबीच सुवेदीले क्याबिनेट सेक्रेटरीमा धनप्रसाद लामिछाने तथा क्याबिनेट सेक्रेटरीमा रेवत कार्कीलाई नियुक्त गर्नु भएको छ । Lions Club International  District 325 A1 मा करीब एक सय क्लबका ३ हजारभन्दा बढी सदस्य आबद्ध छन् । सुवेदीले वर्ष २०१५–१६ मा फस्र्ट भाइस डिस्ट्रिक्ट गभर्नर तथा वर्ष २०१४–१५ मा सेकेण्ड भाइस डिस्ट्रिक्ट गभर्नरको कार्यभार कुशलतापूर्वक सम्पन्न गरिसक्नु भएको थियो ।
 
त्यसैगरी उहाँले डिस्ट्रिक्टका अन्य उच्च पदमा रही कुशलतापूर्वक कार्य सम्पादन गरिसक्नु भएको छ । लायन्स क्लब अफ काठमाडौं जोरपाटीका संस्थापक सभापति सुवेदी करीब दुई दशक अघि देखि लायन्स क्लबका गतिविधिमा सक्रिय हुनुहुन्छ । डिस्ट्रिक्ट गभर्नर पदमा विजयी भएपछि सुवेदीले नेपालमा लायनवादलाई अझ शशक्त ढंगले अघि बढाउने प्रतिक्रिया दिनुभयो । नेपालको प्रजातान्त्रिक तथा मानवअधिकारवादी आन्दोलनमा समेत वर्षौ अघिदेखि सक्रिय सुवेदी साहित्यका विशेष पारखी हुनुहुन्छ । सुवेदी अन्य विभिन्न सामाजिक संघ संस्थामा पनि आबद्ध हुनुहुन्छ ।
 
स्व अध्ययनमा विशेष रुची राख्ने सुवेदीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा सम्मेलनमा भाग लिने क्रममा अमेरिका, भारत, चीन, बंगलादेश, युएई, थाइल्याण्ड, सिगापुर, मलेसिया लगायतका मुलुकको भ्रमण गरिसक्नु भएको छ । पिता धनबहादुर सुवेदी तथा माता मैया सुवेदीका जेष्ठ सुपुत्र सुवेदीका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।