मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

आउने कार्तिकमा स्थानिय निकायको निर्वाचन सुरु हुने

आउने कार्तिकमा स्थानिय निकायको निर्वाचन सुरु हुने


हिमालयखवर संवाददाता-
वासिंटन डीसी (अमेरिका) I आगामी कार्तिक देखि चरणवद्ध रुपमा स्थानिय निकायको निर्वाचन हुने भएको छ । उप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले वासिंटनमा आयोजित कार्यक्रममा बोल्दै उक्त जानकारी दिएका हुन् । शुरुमा भुकम्पवाट सवैभन्दा वढी प्रभावित जिल्लामा स्थानिय पदाधिकारीको निर्वाचन गरिने उनले जानकारीदिए । त्यसपछि भुकम्पले केही कम प्रभाव पारेका बांकी १७ जिल्लामा निर्वाचन हुने थापाले वताएका छन् । 
 
साढे एक दशक देखि स्थानिय निकाय प्रतिनिधि विहिन छन् । यसले स्थानिय विकास निमार्णका कार्यले गति लिन सकेको छैन । भुकम्पवाट प्रभावित क्षेत्रको पुर्ननिर्माणलाई प्रभावकारी वनाउन पनि स्थानिय निकायको निर्वाचन गर्नु पर्ने दवाव सरकारलाई छ । 
 
उपप्रधानमन्त्री थापाले आफु नेपालमा संघियताको पक्षमा नरहेको वासिंटनमा पुन दोहोर्याएका थिएन । युएस इन्टिच्युट अफ पिस द्धारा आयोजित नेपालको शान्ति, स्थायित्व, प्रजान्तत्र र नेपाल युस साझेदारी विषय छलफल कार्यक्रममा उपप्रधानमन्त्री थापाले उक्त धारणा व्यक्त गरेका हुन ।

शेयर गर्नुहोस:

0
Shares