मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

आमा फाउण्डेशनका गौरीराज जोशीबाट ५ लाख नगद र १० बोरा चामल प्रदान

आमा फाउण्डेशनका गौरीराज जोशीबाट ५ लाख नगद र १० बोरा चामल प्रदान


अप्रिल २५ २०१६ – आमा फाउण्डेशनका गौरी राज जोशी द्वारा चेपाङ केन्द्रका लागि १० बोरा चामल र अक्षयकोषका लागि ५ लाख रुपैया आज एक समारोह विच हस्तान्तरण गर्नुभएको छ ।
 
आफ्नी मममतामयी आमाको नाममा खोलिएको आमा फाउण्डेशन यु एस को तर्फबाट सो सहयोग आज हस्तान्तरण गरिएको हो ।
 
रोटरी क्लब अफ रत्ननगरको समन्वयतामा सम्पन्न सो कार्यक्रममा आमा फाउण्डेशनले स्थानीयवासीहरु लगायत केन्द्रमा आश्रीत चेपाङ बालबालिकाहरुको स्वास्थ्य परिक्षण गरि निशुल्क औषधि वितरण गरिएको थियो ।
 
केन्द्रमा आज सन्चालन गरिएको निशुल्क स्वास्थ्य शिविरमा हाड जोर्नी, नाक, कान, घाँटी, तथा जनरल फिजिशियनका ५ जना वरिष्ठ चिकित्सकहरुले सेवा प्रदान गर्नुभएको थियो ।
 
दिउँसो २ बजे सम्म सन्चालन भएको निशुल्क स्वास्थ्य परिक्षण तथा औषधि वितरण कार्यक्रममा विभिन्न प्रकृतिका स्वास्थ्य समस्या भोगेका ५ सयका हाराहारीले स्वास्थ्य उपचार र सुझाव प्राप्त गरेको केन्द्रका अधक्ष्य केपि किरण शर्माले बताउनुभयो ।
 
स्वास्थ्य, खाधान्न तथा सिमान्तकृत चेपाङ बालबालिकाको शिक्षार्जन हेतु एक्ल रुपमा सहयोग गर्नुहुने मानवताप्रेमी गौरी राज जोशी प्रती केन्द्रका सल्लाहकार संयोजक डा. ढ्ण्डी राज पौडेलले आभार ब्यक्त गर्नुभएको थियो ।