मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

एनआरएनको परोपकार कार्यदलमा अमेरिकाका हरिबोल भण्डारी र बाला घिमिरे सहसंयोजक नियुक्त

एनआरएनको परोपकार कार्यदलमा अमेरिकाका हरिबोल भण्डारी र बाला घिमिरे सहसंयोजक नियुक्त


जर्मनी, गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएन)ले उपाध्यक्ष कुमार पन्तको अध्यक्षतामा परोपकार तथा मानवीय सहायता समिति गठन गरेको छ । समितिको सहअध्यक्षमा हरिबोल भण्डारी (अमेरिका), बाला घिमिरे (अमेरिका), सोम सापकोटा (डेनमार्क) र क्षेत्रीय संयोजकहरुमा एसिया प्यासिफिक क्षेत्रमा कपिल थापा, अमेरिकामा कृष्ण लामिछाने, मध्यपूर्वमा आरके शर्मा, अफ्रिकामा सुनिल कार्की, युरोपमा एकराज गिरी र सदस्य सचिवमा युकेबाट रामशरण सिंखडा रहेको आज जारी विज्ञप्तिमा जनाएको छ । समितिको सल्लाहकारमा शेष घले, उपेन्द्र महतो, देवमान हिराचन, जीवा लामिछाने र रामप्रताप थापा रहेका छन् ।
 
यसैगरी सदस्यहरूमा अस्ट्रेलियाबाट ढिला खरेल, अभिमान सिंह बस्नेत, अच्युत अधिकारी, नवीन मैनाली, प्रताप राना, बहराइनमा जेपी सापकोटा, बेल्जियमबाट अनुजा प्रधान, चीनबाट राजन जमरकटेल, डेनमार्कबाट उदय गौतम, जर्मनीबाट रामजीवी पन्त, कमला दाहाल, विनय गुरुङ, हंगकंगबाट जेएन ज्ञवाली, नेदरल्याण्डसबाट मनोहरि शर्मा, इजराइलबाट भगवती बस्नेत, जापानबाट महेश श्रेष्ठ, कोरियबाट केपी सिटौला, रुद्र शर्मा र विनोद कुँवर, कतारबाट बद्रि पाण्डे, साउदीबाट राजु शायद, स्पेनबाट मुक्त गुरुङ र दीपक खरेल, स्वीटजरल्याण्डबाट हीराबल गुरुङर डा. विनय श्रेष्ठ, युकेबाट संगीता मरहठ्ठा, जीव बेल्बासे, चन्द्र गुरुङ, एभरेष्ट गौतम, कृष्ण तिमिल्सना, टुका क्षेत्री, अमेरिकाबाट  अर्जुन देवकोटा, राजन त्रिपाठी, टुंगा शेर्पा, गौरीराज  जोशी, रामकान्त खरेल, अमृत सापकोटा, घन दवाडी र सुनिल महर्जन रहेका छन् । 
 
स्मरण रहोस् यसै कार्यदल मार्फत एनआरएनले देबघाट र गलेस्वरमा बृद्धाश्रम, पशुपतिमा क्रियापुत्री भवन, संखमुल पार्क, मातृभूमि नेपालमा गत वर्ष गएको शक्तिशाली भूकम्प लगत्तै उद्धार र अन्य धेरै मानवीय कार्य गर्दै आएको छ ।