मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपाली समुदाय धेरै भएका टेक्सस र क्यालिफोर्नियामा नेपाली कन्सुलेट अफिस खोल्न एनआरएनको माग

नेपाली समुदाय धेरै भएका टेक्सस र क्यालिफोर्नियामा नेपाली कन्सुलेट अफिस खोल्न एनआरएनको माग


हिमालयखवर संवाददाता-
न्युयोर्क (अमेरिका) २४ अप्रिल २०१६ I एनआरएन अमेरिकाले नेपाली समुदायको जनसंख्या धेरै भएका टेक्सस, क्यालिफोर्निया जस्ता शहरमा कन्सुलेट अफिल खोल्न नेपाल सरकारसंग आग्रह गरेको छ । एनआरएन अमेरिका अध्यक्ष डा केशव पौडेल नेतृत्वमा प्रतिनिधिमण्डलले शनिवार न्यूओर्कमा पराराष्ट्र मन्त्री कमल थापालाई भेटेर उक्त आग्रह गरेको हो । नेपाली समुदाय धेरै भएको स्थानमा सरकारको पहुंच वढाउन कन्सुलेट अफिस राख्ने व्यवस्था गर्नु पर्यो भनेर हामीले पराराष्ट्र मन्त्री थापासंग आग्रह गरौं, डा पौडेलले भने । 
 
परराष्ट्र मन्त्री थापाले यसमा आफु सकरात्मक रहेको जवाफ दिएको छलफलमा सहभागीले जानकारी दिए । अहिले नेपालको वासिंटन डीसीमा दुतावास र न्यूओर्कमा कन्सुलेट कार्यालय छ । कन्सुलेटले भिसा, राहदानी जारी गर्ने लगायतका काम गर्छ ।  
 
सरकारी कामका क्रममा अमेरिका भ्रमणमा रहेका पराराष्ट्रमन्त्री थापासंग एनआरएन अमेरिकारले आफ्नो पहलमा निमार्ण गर्न लागिएका समुदायिक सेन्टरमा सरकारको सहभागिताका लागि पनि आग्रह गरेको छ । एनआरएन अमेरिकाले पहिलो चरणमा न्यूओर्कमा सामुदायिक (कम्युनिटी) सेन्टर निमार्ण गर्न लागि परेको छ । यस्तै टेक्ससको ड्यालसमा परम्परा अनुसार दाहसंस्कार गहृका लागि प्रकृया अघि वढाएको छ । यसमा सरकारको सहभागिता कसरी हुने हो यसवारेमा आफु सकरात्मक रहेको जवाफ मन्त्री थापाले दिएका थिए । 
 
नेपाली समुदायको लागि आवश्यक पर्ने कार्यहरु एनआएनको समन्वयमा हुन सके अफ सुविधा हुने वारेमा पनि मन्त्री थापासंग छलफल भएको थियो । नेपालमा रहेको घर जग्गा सेयर विक्री गर्दा चाहिने अधिकृत वारेसनामा लगायतका काम गर्न अहिलेपनि डीसी स्थित दुतावासमा उपस्थिति जनाउनुपर्ने वाध्यता छ । 
 
मन्त्री थापाले एनआरएनले स्थापना देखिनै अत्यन्तै सकरात्मक  भुमिका निर्वाह गरेकाले सरकार अझ वढी निकट रही काम गर्न चाहेको वताउंदै यसका लागि पराराष्ट्रमन्त्रलायमा रहेको एनआरएन सेललाई अझ बृहत बनाउने पक्षमा रहेको जानकारी दिएका थिए । नेपालमा एक बर्ष अघि गएको महाभुकम्पका वेला एनआरएनले गरेको भुमिका वारेमा पनि मन्त्री थापाले प्रशंसा गरेका थिए ।