मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

बाढीले ह्युस्टनको जनजीवन तीनदेखि अस्तव्यस्त नेपालीहरु सुरक्षित

बाढीले ह्युस्टनको जनजीवन तीनदेखि अस्तव्यस्त नेपालीहरु सुरक्षित


हिमालय खबर संबाददाता –
ह्युस्टन (टेक्सस)। गत आईतबारदेखिको भारी वर्षाले गर्दा अमेरिकाको चौथो ठूलो शहर ह्युस्टनको जनजीवन अझै असामान्य छ । दक्षिणी राज्य टेक्सस, ओक्लाहोमा लगायतमा परेको वर्षाले गर्दा आएको बाढीले गर्दा तीनदिनदेखि ह्युस्टन कैंयौं क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध छ । स्कुलहरु बन्द छन् । 
नेपालीहरु सुरक्षित भएपनि व्यवसाय बन्द गरिएको छ । बाढीले कैंयौं घरका पहिलो तल्ला समेत डुबाएको छ । १० हजार घर पानीले अझै डुबेका छन् । सातजनाको मृत्यु भइसकेको छ भने नगरका मेयरले आपत्कालिन अवस्था घोषणा गरेका छन् । १७ इन्चसम्म परेको पानीले गर्दा गाडीहरु सडकमै डुबेका छन् । 
 
गल्फ अफ मेक्सिकोसँगै रहेको ह्युस्टन शहरमा पानीको निकास नहुँदा ठूलो वर्षापछि समस्या हुँदै आएको छ । ह्युस्टनमा लगभग १५  हजार नेपालीहरु बस्छन् ।
 

शेयर गर्नुहोस:

0
Shares