हिमालय खबर संबाददाता, लस एन्जल्स (अमेरिका) –
यहि १५ अप्रिल २०१६ मा नेपाल अमेरिका एकता समाजको आयोजनामा तारा हिमालयन रेष्टुरेन्टमा नयाँ वर्ष २०७३ साँझ भव्यताका साथ सम्पन्न भयो ।
लसएन्जल्स बासी नेपाली समुदायका सम्पूर्ण समुदाय सदस्यहरुको बिचमा शुभकामना आदानप्रदान गर्दै स्थानिय कला संस्कृतिको संरक्षण एंव प्रवर्दन गर्ने उध्येश्यका साथ गरिएको कार्यक्रममा लसएन्जल्सबासी नेपालीहरुको बाक्लो सहभागिता रहेको थियो सो कार्यक्रममा संस्थाले नेपाली क्यालेण्डर पनि सार्वजनिक गरिएको थियो।
क्यालेण्डर सार्वजनिक नेपाली समुदायका वरिष्ठ समाजसेवी भेदभक्त जोशी र समुदायका ज्येष्ठ सदस्य भागिरथा गैरे ले सामुहिक रुपमा सार्वजनिक गर्नुभएको थियो र नयाँ बर्षको अवसरमा संस्थापक अध्यक्ष शान्तिराम ढकाल, पुर्व अध्यक्ष उमा थापा कार्की, अवैतानिक वाणिज्यदुत ऋषि ढकाल र एन.अार.एन. आई.सि.सि सदस्य दिल बहादुर श्रेष्ठ ले केक काटेर सबै लसएन्जल्स बासी नेपालीहरुको माँझ एक अर्कामा शुभकामना आदानप्रदान गरेका थिए ।
साथै सो कार्यक्रममा स्थानिय कलाकारहरुले नेपालीपन तथा राष्ट्रीयताको भाव रहेको गित र नृत्य प्रस्तुत गरिएको थियो र यो सांस्कृतिक कार्यक्रमको संयोजन संस्थाको प्रथम उपाध्यक्ष टेक लामाले गर्नुभएको थियो साथै नेपाली लोकप्रिय गायक एंव संगीतकार नरेन्द्र प्यासीलाई संस्थाको तर्फबाट सम्मान गरेका थिए भने कलाकार भाईबहिनिहरुलाई भने गायक प्यासीले प्रमाणपत्र वितरण गरिएको जानकारी संस्थाको अध्यक्ष सुर्य प्रसाईले गर्नुभएको छ ।








प्रतिक्रिया