गत २ महिना अगाडी नेपाली समुदाय लस एञ्जलस तथा आमा फाउन्डेसन द्वारा गोर्खा जिल्ला को तान्द्रङ गाबिसको तारखासे मा निर्मित ५ कोठाको भवन श्री सिद्ध काली उच्च मा .बि .को दोस्रो चरण को परियोजना अनुसार उक्त भवनको भित्रि प्लाष्टर गर्ने कार्य सम्पन्नको निमित्त, हिमालयन हेल्पिङ्ग हेन्ड लस एञ्जलस ले अमेरिकी दुई हज़ार डलरको सहयोग गर्ने भएको छ ।
हिमालयन हेल्पिङ्ग हेन्ड का अध्यक्ष कपिल अधिकारीले उक्त रकम आउने शनिबारको दिन मिस नेपाल क्यालिफोर्निया तथा उक्त स्कूल को ब्रान्ड एम्बेस्डर अनुषा कार्की लाई हस्तान्तरण गर्ने भएको छ ।
फेब्रुअरी १९ तारिख को दिन नेपाल प्रहरीका एस एस पी रमेश खरेल बाट उक्त स्कूल को उद्घाटन गरिएको थियो ।
तेसै उद्घाटन समारोहमा बिशेष अथिति अनुषा कार्की ले, बाँकि रहेको काम हरु आफु अमेरिका पुगेर समापन गरिदिने भनेर बताएकी थिईन् ,करिब २० हजार डलर को लागत मा सम्पन्न उक्त स्कूल मा भित्रि वाल प्लाष्टर गर्ने योजना नभएको र स्कूलको समिति ले उक्त काम गरिदिन आग्रह गरेको हुनाले उक्त काम हिमालयन हेल्पिङ्ग हेन्ड ले सहयोग गरेको उक्त संस्थाका कोषाध्यक्ष गोबिन्द चन्द ले बताउनु भएको छ ।
अब को २-३ महिना मा, करिब १०-१२ हजार डलर को बजेट मा गोर्खामा हिमालयन हेल्पिङ्ग हेन्ड ले अर्को स्कूल निर्माण गर्ने तयारी मा रहेको उक्त संस्था को सचिब हरिराम पन्त ले जानकारी दिनु भएको छ ।
हिमालयन हेल्पिङ्ग हेन्ड को अब आउने नयाँ स्कूल परियोजनाको लागि मिस नेपाल क्यालिफोर्निया रनर अप सुष्मा पन्त लाई ब्रान्ड एम्बेस्डर बनाईने कुरा उक्त संस्थाका सदस्य उत्तम अधिकारी ले बताउनु भएको छ ।
एफ .वन .ग्रुप .यु .एस .ए .को संयोजन मा बनेको गोर्खा को स्कूल तथा गत वर्ष सम्पन्न बेनेफिट नेपाल मेगा इन्टरटेन्टमेन्ट मा आयोजित मिस नेपाल क्यालिफोर्नियाका उपाधि, रनर अप र दोस्रो रनर अप लाई सामाजिक कार्य मा अगाडी बडाउने उद्देश्य रहेको छ ।
छिट्टै नै दोस्रो रनर अप अनिषा ओली लाई पनि परियोजना उपलब्ध गराईने कुरा एफ .वन .ग्रुप. का बास बिस्सु ले बताउनु भएको छ ।
प्रतिक्रिया