मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

पूर्वराष्ट्रपति नसिदलाई स्वदेश फर्किन आग्रह

पूर्वराष्ट्रपति नसिदलाई स्वदेश फर्किन आग्रह


कोलम्बो (श्रीलङ्का), ७ वैशाख । मालदिभ्सले कैदी जीवन बिताइरहेका पूर्वराष्ट्रपति मोहम्मद नसिदलाई ‘व्यवहारिक’ रुपमै स्वदेश फर्किन आग्रह गरेको छ ।
 
मालदिभ्सका पूर्वराष्ट्रपतिलाई उपचारका लागि लण्डन जान आवश्यक भएको बताइएपछि ‘जेल बिदा’ मा बेलायत जान दिइएको थियो । उहाँलाई उपचारका लागि कुनै समय नतोकी नै जनवरीमा बेलायत जान मालदिभ्स सरकारले अनुमति दिएको थियो ।
 
सुरुमा नसिदलाई शल्यक्रिया गर्नुपर्ने भएपछि थप जेल बिदा दिइएको थियो तर नसिदका वकिलले शल्यक्रियाका लागि कुनै दिन तय नभएको बताएपछि बिदालाई रद्द गरिएको सरकारद्वारा मङ्गलबार जारी विज्ञप्तिमा जनाइएको छ ।
 
नसिदलाई आतङ्कवादलाई बढावा दिन खोजेको आरोप लागेको छ । उहाँ आफ्नो शासनकालमा सन् २०१२ मा एक ‘भ्रष्ट’ न्यायाधीशलाई पक्राउ गर्न आदेश दिएको आरोप पनि लागेको छ । पर्यटकीय गन्तव्यका लागि प्रसिद्ध मालदिभ्समा हालका केही वर्षयता राजनीतिक अस्थिरता हुँदा देशको अर्थतन्त्रमा व्यापक असर परेको छ ।
 
नसिद सन् २००८ मा भएको निर्वाचनमा प्रजातान्त्रिक पद्धतिअनुरुप विजयी हुने मालदिभ्सका प्रथम राष्ट्रपति हुनुहुन्छ । उहाँले सन् २००८ देखि सन् २०१२ सम्म मालदिभ्सको राष्ट्रपतिका रुपमा काम गर्नुभएको थियो ।
 
तर सेना र प्रहरीको मिलेमतोमा गरिएको ‘कू’ (अकस्मात सत्ता परिवर्तन) पछि उहाँ अपदस्थ हुनुभएको हो । रासस÷एएफपी