मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

जोर्डनमा आइएसको वास्तविक खतरा– फ्रान्सेली राष्ट्रपति

जोर्डनमा आइएसको वास्तविक खतरा– फ्रान्सेली राष्ट्रपति


अम्मन (जोर्डन), ७ वैशाख । फ्रान्सेली राष्ट्रपति फ्रस्वाँ आलान्दले मङ्गलबार जोर्डनी राजा अब्दुल्लाह द्वितीयलाई भेटी अतिवादी इस्लामिक स्टेट (अइएस) समूहको जोर्डनमा वास्तविक खतरा रहेको बताउनुभएको छ ।
 
फ्रान्सले जोर्डनमा दिइरहेको सैन्य सहयोग विशिष्ट खालको रहेको जनाउनुहुँदै राष्ट्रपति अलान्दले सिरियाको सरकार पक्ष र विद्रोहीबीच हुने भनिएको शान्तिवार्ता स्थगित हुनु साह्रै दुःखद भएको बताउनुभयो ।
 
वार्ता स्थगित हुनु राम्रो सङ्केत नभएको र यदि सिरियाली सरकार पक्ष विद्रोहीबीचको वार्ता असफल भएमा पुनःद्वन्द्व सुरु हुने र यसले सिरियाबाहेकका देशलाई पनि असर गर्ने बताउनुभयो ।
 
छैटौँ वर्षमा प्रवेश गरेको सिरियाको गृहयुद्धले आइएस समूहको शक्तिलाई थप सशक्त पारेको बताउनुहुँदै अलान्दले भन्नुभयो– वार्ता असफल भएमा सिरियामा थप युद्ध, हवाई आक्रमण हुनेछ र यसका कारण अझै ठूलो सङ्ख्यामा सिरियाली जनता मारमा पर्नुपर्नेछ ।
 
 
भेटका क्रममा जोर्डनी राजाले राष्ट्रपति अलान्दलाई भन्नुभयो– आइएस अतिवादी समूहका कारण जोर्डन पनि पीडित जोर्डन फ्रान्ससँग काँधमा काँध मिलाएर अघि बढ्न तयार छ भन्नुभयो । रासस÷एपी