मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवनका दुई पम्प कारबाहीमा

चितवनका दुई पम्प कारबाहीमा


चितवन । चितवनमा पेट्रोल सकियो भनेर लुकाउने दुईवटा पम्प कारबाहीमा परेका छन् । अन्य जिल्लामा पेट्रोल सहज भए पनि चितवनमा अझै सहज हुन नसकेपछि प्रहरीले सोमबार विभिन्न पम्पमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा भरतपुरमा रहेको अवतार पेट्रोल पम्पले उपभोक्तालाई भने सकियो भनेर लुकाइराखेको २२७ लिटर पेट्रोल बरामद गरेको चितवनका प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए ।
 
उनका अनुसार लुकाएको पाइएपछि पम्पका म्यानेजर अजय पावेलाई पक्राउ गरिएको र कालोबजारीअन्तर्गत कारबाही सुरू भएको छ ।  यस्तै अर्काे शुभम् पेट्रोल पम्पले पनि ड्रममा ७५ लिटर पेट्रोल लुकाएको भेटिएपछि सञ्चालक एकजनालाई नियन्त्रणमा लिएर कारबाही थालिएको कुँवरले बताए । जिल्लामा अझै पेट्रोल पर्याप्त नहुँदा घन्टौँ लाइनमा बसेर पनि उपभोक्ता तेल नै हाल्न नपाई फर्कने गरेका छ । जिल्लामा डिजेल भने सहजरुपमा पाइएको प्रहरीले जनाएको छ । 
 
जिल्लाको मागभन्दा बढी पेट्रोल आउँदा पनि सहज नभएको भन्दै प्रशासनले अनुगमन गर्न थालेको हो । मोटर र गाडीमा तेल हालेर कालोबजारी गर्ने गिरोह सक्रिय भएको स्थानीयले बताएका छन् । रासस