मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मुग्लिन सडक खण्डमा अनावश्यक जामबारे ध्यानाकर्षण

मुग्लिन सडक खण्डमा अनावश्यक जामबारे ध्यानाकर्षण


मुग्लिन । नारायणगढ मुग्लिन सडक सुधार आयोजनाअन्तर्गत अहिले धमाधम सडक सुधारको काम भइरहेको छ । कामको सिलसिलाबाहेक अन्य समयमा पनि अनावश्यक गाडी जाम हुने गरेकोमा प्रशासनले सम्बन्धित निर्माण कम्पनीको ध्यानाकर्षण गराएको छ ।
मंगलबार सडक क्षेत्रको अनुगमनका साथै निर्माण पक्षसँग डालीमा होटल कुरिनटारमा भएको छलफलमा चितवनका प्रजिअ विनोदप्रकाश सिंहले भने, ‘बन्द गर्ने समयबाहेक पनि गाडी लाममा बस्नु परेको र यात्रुले अनावश्यक हैरानी बेहोरको गुनासो आएकोले यसतर्फ सचेत रहनुहोला ।’ 
कार्यक्रममा बोल्दै जिल्ला प्रहरी प्रमुख एसपी वसन्त कुँवरले यात्रुलाई कम प्रभाव पर्ने हिसाबले दैनिक कार्य सञ्चालन गर्न आग्रह गरे । जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रनि राजन भेटवालले ट्राफिक व्यवस्थापनमा प्रहरी र निर्माणकर्ताको तर्फबाट पनि स्वयम सेवकको व्यवस्था भए सहज हुने धारणा राखेका थिए । 
यस सडकखण्ड अहिले धमाधम निर्माण भइरहेको छ । निर्माण पक्षले भने गाडीको चापले काम गर्न गाह्रो भएको प्रतिक्रिया दिएका छन् ।