मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पर्यटकीय क्षेत्र मेघौलीमा चार्टर्ड उडान सुरू

पर्यटकीय क्षेत्र मेघौलीमा चार्टर्ड उडान सुरू


चितवन । चौधरी गु्रपअन्तर्गतको सिजी होटल्स एण्ड रिसोट्र्सले चितवनको मेघौलीमा सञ्चालनमा ल्याएको ताज सफारी रिसोर्ट ‘मेघौली सराइ’ को पहलमा मेघौली एयरपोर्टमा चार्टर्ड उडान सुरु भएको छ ।
मेघौली सराइमा आउने उच्च गुणस्तरीय पर्यटकका कारण अब मेघौली एयरपोर्टमा चार्टर्ड उडानहरुको चाप बढ्ने विश्वास गरिएको छ । गत वैशाख १ गते सात वर्षपछि पहिलो पटक नेपाल वायु सेवा निगमको विमान मेघौली सराइका विशिष्ट पाहुनाहरु लिएर मेघौली विमानस्थलमा अवतरण ग¥यो । उक्त चार्टर्ड उडानमा चौधरी गु्रपका अध्यक्ष विनोद चौधरीसहित विदेशबाट आएका उक्त रिसोर्टका विशिष्ट पाहुनाहरु रहेका थिए । निकट भविष्यमै उक्त विमानस्थलमा नियमित उडान सुरु हुने विश्वास गरिएको छ ।
मेघौली विमानस्थलमा पुनः उडान सुरु भएपछि यस क्षेत्रका बासिन्दामा नयाँ उत्साह थपिएको छ । यसलाई मेघौलीमा अन्तर्राष्ट्रिय स्तरको रिसोर्ट सञ्चालनमा आएपछि यस क्षेत्रको विकासमा पर्ने सकारात्मक योगदानका रुपमा लिइएको छ ।
हवाई सेवाको उपलब्धताले नेपाल भ्रमणमा आउने पर्यटकले काठमाडौंबाट छोटो समयमा चितवन राष्ट्रिय निकुृञ्जको अद्वितीय जंगल सफारीको स्वाद लिन पाउनेछन् । मेघौली एयरपोर्टबाट करिब १५ मिनेटको मोटरयात्रामा मेघौली सराइ रिसोर्ट पुग्न सकिन्छ ।
विश्वमा ख्यातिप्राप्त ब्राण्ड ताज होटल्स एण्ड रिसोर्टअन्तर्गतको ताज सफारिजको व्यवस्थापनमा रहेको मेघौली सराइले उच्च गुणस्तरका पर्यटक नेपाल भित्याउँदै नेपालको पर्यटन उद्योगमा सकारात्मक भूमिका खेल्ने लक्ष्य लिएको छ ।