मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

काठमाडौ महानगरपालिका र कोलोराडोको बोल्डर सिस्टर सिटी बन्ने प्रकृयामा

काठमाडौ महानगरपालिका र कोलोराडोको बोल्डर सिस्टर सिटी बन्ने प्रकृयामा


हिमालय खबर संबाददाता- 
कोलोराडो (अमेरिका)- कोलारोडो स्थित बोल्डर सहर र काठमाडौ महानगरपारिलका विच सिस्टर सिटी अर्थात भागिनी सम्वन्ध वनाउन प्रकृया अन्तिम चरणमा पुगेको कोलोराडो स्थित हेल्पीगं ह्याण्डका अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिएका छन् । आइतवार नेपाल चिनाउन बोल्डरमा आयोजित नेपाल डे परेडका क्रममा आयोजित कार्यक्रममा श्रेष्ठले उक्त जानकारी सार्वजनिक गरेका हुन् । 
 
अमेरिकामा प्रसिद्ध रक्की माउन्टेनको फेदीका रुपमा रहेको बोल्डर सहर छोटो पदयात्राका लागि प्रसिद्ध छ । पहाड, खोला र तालले यो नेपालकै जस्तो झल्को दिन्छ । बोल्डरमा पर्यटकका रुपमा नेपाल घुम्न जानेको संख्या पनि अत्याधिक भएको श्रेष्ठले वताए । सिस्टर सिटीका लागि काठमाडौ महानगरपालिकाले स्विकृत गरिसकेको छ, अव बोल्डरले निर्णय गर्न बांकी छ श्रेष्ठले भने मलाई लाग्छ छिट्टै टुंगो लाग्छ ।
 
संखुवासभावाट नारायण श्रेष्ठ सन् ७० को दशकमा पर्यटकका रुपमा कोलोराडो आएका थिए । विभिन्न व्यवसाय गरी उनले झण्डै ४ दशक कोलोराडोमै विताएका छन् । अमेरिका र नेपाल दुवै तर्फ राजनीतिक तहमा सम्पर्क भएका श्रेष्ठको हेल्पिगं ह्याण्डले नेपाल लगायत जापान, भुटान र अफ्रिकी देशमा काम गरिरहेको छ । 
 
सिस्टर सिटी भएपछि विभिन्न सहयोगका कार्यक्रम अदान प्रदान हुने श्रेष्ठले जानकारी दिए । यसमा पनि योजना वनिरहेका छन् उनले भने । उक्त अवसरमा नेपाली राजदुत डा अर्जुन कार्कीले नेपाली राजनीति र आस्थाका आधारमा विभाजित हुन नहुने वताउंदै नेपालको संस्कृति विशेषता विदेशीलाई चिनाउन संयुक्त भएर काम गर्न सुझाव दिए ।