मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

टेक्ससको ड्यालसमा राजेशले केकी लाइ नचाउदा (फोटो फिचर)

टेक्ससको ड्यालसमा राजेशले केकी लाइ नचाउदा (फोटो फिचर)


हिमालय खबर संबाददाता-

ड्यालस (अमेरिका) १६ अप्रिल २०१६ नेपाली मौलिक संस्कृतिमा के पर्छन् भनेर कसैले सोधिहाल्यो भने पञ्चेबाजाको नाम शायद कसैले भुल्दैनन् । हो यही पञ्चेबाजाका साथ आइतबार ड्यालसमा नयाँवर्षको सांस्कृतिक कार्यक्रम यसअघिका भन्दा फरक रुपमा सम्पन्न हुँदा धेरैले आनन्दसँगै हर्षको आँशु चुहाए ।

 
नेपालमा छँदा नेपाली नयाँवर्ष आएको र वर्ष बितेको पत्तो नपाउने अवस्थामा प्रवासमा रहँदा नेपालीले नयाँवर्षको स्वागत भव्य रुपमा गर्दै आएका छन् । यसैक्रममा आइतबार नेपाली समाज टेक्ससको आयोजना र घाँसी नेपालको समन्वयमा नेपालका ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुको सहभागितामा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरियो ।
 
नेपालबाट आएका महानायक रुपमा चिनिने राजेश हमालदेखि नायिका केकी अधिकारी, गायक राजेशपायल राईदेखि सन्दीप क्षेत्रीसम्मले चारघण्टासम्म निरन्तर मनोरञ्जन दिनुभएको थियो । स्थानीय लोक गायक भिम थापा र कुनै समय नेपाली चलचित्रमा हाँस्यकलाकारको अभिन्न अंग भइसकेका नारायण त्रिपाठीसम्मले हलमा उपस्थित झण्डै सात सय दर्शकहरुलाई भरपुर मनोरञ्जन  दिनुभयो । त्रिपाठी लामो समयदेखि अमेरिकालाई कर्मथलो बनाएर बस्नुभएको छ । 
 
कार्यक्रमको सुरुवातनै नेपाली मौलिक संस्कृतिको पहिचान बनेको पञ्चेबाजाबाट सुरु भएको थियो । स्थानीय कलाकारहरु हरि थापा र उहाँको समूहले पञ्चेबाजा बजाएर नेपालकै झझल्को दिएका थिए । 
 
गतवर्षको भुकम्पबाट क्षतीग्रस्त भएका विद्यालय भवनहरुको निर्माणका लागि सहयोग जुटाउने क्रममा यो कार्यक्रम आयोजना गरिएको हो । यसअघि शुक्रबार टेक्ससकै अर्को शहर ह्युस्टनमा पनि यस्तै कार्यक्रम भइसकेको छ ।
 
कार्यक्रममा महानायक हमालले देशको अवस्थाबारे चित्रण गर्दै  शिक्षानै भविष्य निर्माणको आधार भएकोले ध्वँस्त विद्यालय पुननिर्माणका लागि आफू  सकृय भएको बताउनुभयो । उहाँले विगतका आफ्नो अमेरिकामा हुने कार्यक्रमभन्दा यस पटक पृथक रहेको र संकलित सबै रकम नेपालका विद्यालय भवन निर्माणमा खर्चिने जानकारी दिनुभएको थियो । उनले आफ्नो चर्चित सिनेमा शंकरको डायलग बोल्दा कार्यक्रम स्थल गुंजयमान बनेको थियो ।नायिका केकी र  हमालको नृत्यले  उपस्थिति दर्शकहरुले  भरिपुर्ण मनोरंजन लिएका थिए  ।  
 
कार्यक्रममा नायिका केकीले अत्यन्तै शालिन नृत्य प्रस्तुत गर्नुभएको थियो । गायक राजेशपायल राईले ‘नाई नभन्नु ल २' गीतको बोलबाट  आफ्ना नयाँ र पुराना गीतहरु गाउँदै दर्शकहरुलाई जुरुक्क उचालेका थिए । 
 
उता हाँस्यकलाकार सन्दीप क्षेत्रीले पनि भुकम्पपछि भारतीय टिभीहरुले नेपालका बारेमा देखाएका नकारात्मक पक्षका बारेमा क्यारिकेचर गर्दै हँसाएका थिए । उनको केही प्रस्तुतिलाई भने स्थानीय दर्शकहरुले सोचे अनुसार नभएको प्रतिकृया दिएका छन् । स्थानीय दर्शकहरुलाई नै व्यङग्य गरेको विषयलाई अहसज रुपमा लिइएको थियो ।
 
स्थानीय कलाकारहरुले समेत आफ्नो उत्कृष्ठ कला देखाउने मौका पाएका थिए । झण्डै चारघण्टासम्म चलेको कार्यक्रम स्थानीय नेपालीहरुले निकै अभिरुचीका साथ हेरेका थिए । बीचबीचमा कलाकारहरुसँग स्थानीय समेत सहभागी भएर नाचेका थिए । नचाउने काममा राजेशपायल राईले सबैलाई तताउने काम गरेका थिए । नेपाली चलचित्र ‘नाई नभन्नु ल' लगाएत थुपै पपुलर गीतहरु गाएर नायक हमाल, नायिका केकी, हाँस्यकलाकार सन्दीप  देखि दर्शहरुलाई नचाएका थिए । 
 
कार्यक्रमको अन्तिममा हालै नेपाली समाजले आयोजना गरेको टेबुल टेनिस, बास्केटबल र फुटबल प्रतियोगितामा विजेता खेलाडीहरुलाई पुरस्कारको वितरण गरिएको थियो । कार्यक्रममा डोर  पुरस्कारको व्यबस्था समेत गरिएको थियो ।
 
त्यस्तै नेपाली समाजका अध्यक्ष कृष्ण लामिछानेले कलाकारहरुलाई मायाँको चिनो प्रदान गर्दै बिगतमा जस्तै यसपटक पनि नेपाली समाज टेक्ससको आयोजनामा सम्पन्न नयाँवर्ष सांझ "म अनि मेरो मातृभूमी" मा सहभागी  हुनुभएका दर्शकहरू, पत्रकारहरू, विज्ञापनदाताहरु, स्थानीय कलाकारहरू,नेपालबाट हाम्रो अनुरोधलाई स्वीकार गरि पाल्नु भएका महानायक राजेश हमाल, नायिक केकी अधिकारी, गायक  राजेश पायल राई, हास्य कलाकार संदिप क्षेत्री लगायतका कलाकारहरू साथै  कार्यक्रमलाई सफलपर्न सहयोग गर्नुहुने  नेपाली समाजका पूर्व पदाधिकारीहरू ,ड्यालस र वरपरका संघ-संस्थाहरु, नेपाली पाठशालाका नृत्य शिक्षिका र नानीबाबुहरु, दिन रात खटिनुभएका स्वयंसेवक, प्राबिधिक साथीहरु सबैमा  धन्यवाद प्रकट गर्नु भएको थियो ।

यो पनि पद्नु होला >>