मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सत्ता र प्रतिपक्षको हानथापले संविधान कार्यान्वयन हुँदैन : पूर्वप्रम नेपाल

सत्ता र प्रतिपक्षको हानथापले संविधान कार्यान्वयन हुँदैन : पूर्वप्रम नेपाल


कावासोती । नेकपा (एमाले)का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्ता र प्रतिपक्ष हनाथापमा संविधान कार्यान्वयनमा जटिलता हुने भएकाले काँग्रेस सरकारमा आउनुपर्ने धारणा राख्नुभएको छ । 
 
प्रेस चौतारी नेपाल नवलपरासीले आज कावासोतीमा गरेको पत्रकारसम्मेलनमा पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो–“राष्ट्रिय सहमतिमा अगाडि बढ्नुपर्छ त्यसका लागि पक्ष–विपक्ष हुनुहुँदैन ।” संविधान निर्माणमा जसरी सहमति जुटेको थियो सोही भावनाअनुसार संविधान कार्यान्वयनमा जानुपर्ने उहाँको भनाइ थियो । नेता नेपालले सङ्क्रमणकालमा दलहरु मिलेर जानुको विकल्प नभएको बताउनुभयो । 
 
मधेसमा भएको आन्दोलन मधेसी जनताको नभई केही मधेसी दलको भएको पूर्वप्रधानमन्त्री नेपालले बताउनुभयो । “सीमाङ्कनमा विषयमा मधेसी जनाताको मुद्दा होइन त्यो केही मधेसी दलको हो”, उहाँले भन्नुभयो, “मधेसमा एमाले छुट्टै मधेस छुट्टै भनेर बुझ्नु हुँदैन ।” असहमति भए वार्ता र संवादबाटै कुरा टुङ्गाउनुपर्नेमा नेता नेपालको जोड थियो । 
 
एमाले भित्रको गुटबन्दीले सरकारलाई अप्ठेरो पार्न खोजेको भन्ने पत्रकारको प्रश्नमा पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो, “गुटबन्दी छ भनेर गीत गाएर हिँड्ने होइन, पारदर्शीता र मापदण्ड तोक्यौँ भने जुनसुकै तहको गुटबन्दी अन्त्य हुन्छ ।” सरकारले जनअपेक्षाअनुसार काम गर्नुपर्ने उहाँले बताउनुभयो । 
 
पूर्वप्रधानमन्त्री नेपालले आजै जनज्योति सांस्कृतिक मेला २०७३ को उद्घाटन गर्दै धार्मिक पर्यटनका माध्यमले रोजगारी सृजना गर्न सक्ने बताउनुभयो । स्वर्गद्वारीदेखि पशुपतिसम्मको क्षेत्रलाई एक अर्ब हिन्दूको आस्थाको केन्द्र र लुम्बिनीलाई विश्वभरिका बौद्ध धर्मावलम्बीको केन्द्र बनाएर आम्दानी गर्न सकिने बताउनुभयो । रासस