मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अमेरिकी नागरिकले गरे हिन्दू संस्कारअनुसार बिहे

अमेरिकी नागरिकले गरे हिन्दू संस्कारअनुसार बिहे


गोरखा । भूकम्पले ध्वस्त गोरखाको बुङ्कोटस्थित रामेश्वरी माध्यामिक विद्यालय पुनःनिर्माणमा सघाउँदै आएका एक अमेरिकी नागरिकले हिन्दू संस्कारअनुसार विवाह गरेका छन् ।
 
अमेरिकास्थित क्यालिफोर्निया राज्यका ५५ वर्षीय डानियल र ४९ वर्षीया लीलाबीच विवाह भएको हो । डानियल क्रिश्चियन धर्म मान्छन् भने लीला हिन्दू धर्मावलम्वी हुन् । गाउँलेहरु दुलही पक्ष र दुलाह पक्षमा विभाजित हुँदै जन्ती आएका थिए ।
 
स्थानीय बाबुराम वाग्लेको घरबाट दुलाह, दुलही बाजागाजासहित मन्दिर पुगेका हुन् । पुरोहितले भनेअनुसार उनीहरु विवाह मण्डपमा बसे र शास्त्रअनुसार विवाह बन्धनमा बाँधिए । बुङ्कोट–९ मैलुङस्थित सरस्वती मन्दिर परिसरमा ध्वजा,पटका टाँगिएको जग्गेमा उनीहरु विवाह बन्धनमा बाँधिएका हुन् ।
 
विवाहमा ५०० जनाभन्दा बढी गाउँले भेला भएका थिए । भोजभतेरको पनि व्यवस्था गरिएको थियो । विदेशीले नेपाली परम्पराअनुसार विवाह गर्न जुटेपछि हेर्नेको घुइँचो लागेको थियो ।
 
विवाहको चाँजोपाँजो गर्ने व्यवस्था शिवशक्ति भजन समूहले मिलाएको हो । पुनःनिर्माणमा सघाउँदै आएको पार्मोनियर फाउन्डेसन नेपालका गौतम वाग्ले र चेत भट्टको संयोजनमा उनीहरुको विवाह सम्भव भएको हो ।
 
वाग्लेका अनुसार डानियल र लीलाले यसअघि नै ‘लभ’ गरेर विवाह गरे पनि लीलाको आग्रहमा हिन्दू धर्म, परम्पराअनुसार पुनःविवाह गरिएको हो । लीला भारतीय मूलकी मलेसियन नागरिक हुन् । #एजेन्सी