काबुल (अफगानिस्तान) । अफगानिस्तानको सरकारी सुरक्षाफौजको एकदिने कारबाहीमा आईएस लडाकूलगायत अन्य विद्रोही समूहका करिब ७४ जना लडाकूको मृत्यु भएको अफगानी रक्षा मन्त्रालयले शुक्रबार जनाएको छ ।
अफगानिस्तानका सबै ३४ प्रान्तमध्ये विद्रोहीको प्रभाव देखिँदै आएका १२ राज्यमा सरकारी सुरक्षाफौजले बिहीबारदेखि चलाएको कारबाहीमा ४१ जना इस्लामिक स्टेड (आईएस) सम्वद्ध लडाकू रहेको मन्त्रालयद्वारा जारी वक्तव्यमा जनाइएको छ ।
कारबाहीका क्रममा आईएस लडाकू समूहद्वारा सञ्चालन गर्दै आएका पूर्वी नान्दाहारस्थित एक तालिम केन्द्र र दक्षिण कान्दाहार राज्यमा रहेको अर्को एक तालिम केन्द्र पनि भत्काइएका छन् ।
विद्रोहीहरूले आश्रयस्थल बनाएका यी स्थानबाट केही विद्रोही भाग्न सफल भएको सरकारी स्रोतले बताएको छ । कारबाहीका क्रममा छ जना सैनिकले साहदत प्राप्त गरेको मन्त्रालयले जारी वक्तव्यमा बताएको छ ।
तालिवान विद्रोहीले तथाकथित वार्षिक रक्षात्मक ‘अपरेसन ओमारी’ नाम दिइएको आक्रमणलाई मङ्गलबारदेखि व्यापक बनाएपछि सेनाले यसको प्रतिकार स्वरूप देशैभरी सुरक्षा कारबाही बढाएको हो । रासस / सिन्ह्वा
प्रतिक्रिया