मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अधिवक्ता क्षेत्री लगातार दोश्रो बर्ष पनि अमेरिकाको सुपर लयर पर्न सफल

अधिवक्ता क्षेत्री लगातार दोश्रो बर्ष पनि अमेरिकाको सुपर लयर पर्न सफल


न्यूयोर्क (अमेरिका ) – न्यूयोर्कमा रहेर बिगत ३ दशक देखि कानुनी पेशामा सकृय रहंदै आउनुभएका बरिष्ठ अधिवक्ता खग्रेन्द्र क्षेत्री लगातार दोश्रो बर्ष पनि न्यूयोर्कमा सुपर लयरमा पर्न सफल हुनु भएको छ । न्यूयोर्क शहरमा रहेका अधिवक्ताहरु मध्येबाट उत्कृष्ट कार्यका आधारमा छनौट हुने यस प्रकृयामा क्षेत्री लगातार दोश्रो बर्ष पनि पर्न सफल हुनुभएको हो ।
 
क्षेत्रीलाई शुक्रबार मात्र सुपर लयर छनौट गर्ने संस्थाले पत्रचार गर्दै बधाई दिएको छ । न्यूयोर्क, क्यालीफोर्निया, टेक्सास र काठमाण्डौंमा समेत सेवा प्रदान गर्ने क्षेत्री एण्ड एशोसिएट्सका सन्चालक क्षेत्री अमेरिकको कोलम्बीया युनिभर्सिटीबाट जेडि र फोरदाम युनिभर्सिटीबाट एलएलएम गर्नुभएको छ । सुपर लयरमा हालसम्म न्युयोर्क शहरमा कानुनि सेवा प्रदान गर्ने ५ प्रतिशत कानुन ब्यवसायी मात्र पर्न सफल भएका छन् । सुपर लयर छनौटको नतिजा न्यूयोर्क टाईम्समा समेत प्रकाशन हुने गर्दछ ।
 
एनआरएन अमेरिकाको निर्बतमान अध्यक्ष समेत रहेका क्षेत्री हाल एनआरएन आईसिसीका सदस्य  तथा नागरिकता सम्बन्धी टास्क फोर्सका सह संयोजक हुनुहुन्छ । सुपर लयर छनौट परेपछि क्षेत्रीले सम्पुर्ण सेवाग्राही, कर्मचारी लगाएत सबैमा आभार ब्यक्त गर्नुभएको छ । सुपर लयर छनौटले आफुले सेवा प्रति थप सर्मपित गर्ने उंहाको भनाई छ ।