मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सामूहिक बलात्कारको मुख्य आरोपी पक्राउ

सामूहिक बलात्कारको मुख्य आरोपी पक्राउ


नवलपरासी । नवलपरासीको कावासोतीका १३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गर्नेमध्येका मुख्य योजनाकार कृष्ण महतो पक्राउ परेका छन् ।
 
इलाका प्रहरी कार्यालय नवलपुरबाट गएको प्रहरीको टोलीले विशेष अपरेशनको क्रममा महतोलाई मोरड्डको विराटनगरबाट शुक्रबार दिउँसो पक्राउ गरेको हो । कावासोती १३ लौखानीका कृष्ण महतोलाई उनको आफन्तको घर विराटनगरमा लुकिरहेको अवस्थामा पक्राउ गरेको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक परशुराम तिवारीले बताए । 
 
अन्य दुई जना भने अझै फरार रहेका छन् । पक्राउ परेको महतोलाई शनिबार कावासोती ल्याउने र पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने तिवारीले बताए । गत चैत्र १८ गते साँझ १३ बर्षीया बालिकालाई ३ जनाको समूहले सामूहिक रुपमा बलात्कार गरेको थियो । बालिकाको स्वास्थ्य अझै चिन्ताजनक रहेको छ । 
 
बलात्कारको घटनाको अभियुक्तहरु विरुद्ध बालिकाका आफन्तले किटानी जाहेरी दिएका दुई साता बित्दासमेत पक्राउ गर्न नसकेको भन्दै प्रहरीको व्यापक आलोचना भएको थियो । महिला अधिकारकर्मी, आफन्त, स्थानीय वासिन्दा, बालअधिकारकर्मीलगायतले दिनहुँजसो आन्दोलन गर्दै आएका थिए ।