मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकार र मधेसकेन्द्रित दलले आफ्नो हठ त्याग्नुपर्ने

सरकार र मधेसकेन्द्रित दलले आफ्नो हठ त्याग्नुपर्ने


सप्तरी । नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले मधेसीहरूले उठाएको जायज मागलाई सरकारले पूरा गर्नुपर्ने बताउनुभएको छ । 
 
पोर्ताहास्थित कङ्कालनी माविमा ‘मधेस जागरण’ अभियान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकार र मधेसकेन्द्रित दलले आफनो हठ त्यागी अविलम्ब वार्ताको माध्यमबाट समस्याको समाधान निकाल्नुपर्ने बताउनुभयो । 
 
डा भट्टराईले सप्तरीमा स्वास्थ्य, शिक्षा, र रोजगारीको समस्या रहेको उल्लेख गर्दै अहिले रोजगारीको उचित व्यवस्था नरहेकाले धेरैजसो युवा दुबई, कतार, मलेसिया जस्ता मुलुकमा काम गर्न जार्नुपर्ने बाध्यता रहेकामा चिन्ता गर्नुभयो । 
 
यसैबीच डा भट्टराईले जनआन्दोलन– ३ मा सहिद भएका डेढा गाविस– ३ का वीरेन्द्र रामकी पत्नी बबिता र घाइते घुरन साफीलगायतका सहिद परिवारलाई सम्मान गर्नुभएको थियो । रासस