दक्षिणी जापानमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी ९ जनाको मृत्यु भएको छ भने सात सयभन्दा बढी घाइते भएका छन् ।
स्थानीय समय अनुसार राति ९.२६ बजे क्यूशू द्वीपको कुमामोटो शहरको पूर्वमा भूकम्प गएको हो । जापानको मौसम विभागका अनुसार भूकम्प ६.५ रेक्टर स्केलको थियो ।
र, त्यसको ४० मिनेटपछि नै ५.७ रेक्टरको अर्को भूकम्प गएको छ ।
भूकम्पका कारण घरहरु भत्किएका छन् भने विद्युत र ग्यासको आपूर्ति बन्द भएको छ ।
यस भूकम्पको केन्द्रविन्दु आसपासकै क्षेत्रको १० किलोमिटर गहिराईमा ३३.४ डिग्री उत्तरी आक्षांश र १३६.४ पूर्वी देशान्तरमा रहेको बताइएको छ।
तर यस भूकम्पपछि सुनामी चेतावनी भने नदिएको बताइएको छ। यस भूकम्पबाट हालसम्म मानवीय र एवम् भौतिक सम्पत्ती क्षतिको भने कुनै पनि विवरण प्राप्त नभएको जनाइएको छ ।
प्रतिक्रिया