मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

तीन नेपाली नेताले अमेरिकामा संवाेधन गर्ने्

तीन नेपाली नेताले अमेरिकामा संवाेधन गर्ने्


हिमालय खबर संबाददाता –
एटलान्टा, जर्जिया (अमेरिका)– अमेरिकामा रहेका नेपालीहरुको पुरानो संस्था 'एसोसिएसन अफ दी नेप्लिज इन दी अमेरिका' (एएनए) को आउँदो जुलाई पहिलो साता हुने साधारण सभामा नेपालबाट युवापुस्ताका तीन चर्चित नेताहरु सहभागिता जनाउने भएका छन्।
 
जुलाई १ देखि ३ सम्म अमेरिकी राज्य जर्जियाको एटलान्टामा हुने साधारण सभामा नेपाली कांग्रेसका गगन थापा , एमालेका रबिन्द्र अधिकारी र कांग्रेसका प्रदीप पौडेल ले विशेष संवोधन गर्नुहुने भएको छ। 'उहाँहरु आउनुहुने निश्चित भइसक्यो, उहाँहरुले हाम्रो साधारण सभालाई विशेष संवोधन गर्नुहुनेछ,' आयोजक समितिका संयोजक डा. शम्भु ढुंगानाले भन्नुभयो।
 
थापा, अधिकारी र पौडेल नेपालका आशालाग्दा युवा नेताका रुपमा चिनिन्छन्। उक्त साधारण सभामा नेपालबाट चर्चित सांगीतिक व्याण्डको समेत सहभागिता रहने ढुंगानाले बताउनुभयो।
 
यसवर्षको साधारण सभालाई विगतको भन्दा फरक रुपमा गर्नका लागि खेलकुद, सांगीतिक कार्यक्रम र ट्यालेन्ट शो समेत आयोजना गर्न लागिएको छ। त्यस अन्तरगत १७ वर्षभन्दा मुनिका बालबालिकाहरुको ट्यालेन्ट शो समेत आयोजना गरिनेछ।
 
'कन्सर्टका लागि हल र फुटबलका लागि मैदान समेत टुंगो लागेर बुकिङ भइसकेको छ,' हालसम्मका प्रगतिबारे जानकार दिँदै ढुंगानाले भन्नुभयो। कार्यक्रममा नेपाली फेशन शो समेत हुने भएको छ।
 
एएनए अमेरिकामा रहेका नेपालीहरुको सबैभन्दा पुरानो संस्था हो। यसको स्थापना सन् १९८३ मा भएको हो। यो संस्थामा झण्डै पाँचसय आजीवन सदस्यहरु छन्। अधिकांश सदस्यहरु बिभिन्न विधामा उत्कृष्ठ प्रोफेसनलहरु रहेका छन्। विशेषगरि डाक्टर, इन्जिनियर, पाइलट, व्यबसायीक व्यक्तिहरुको आवद्धता बढी छ। संस्थाको वर्तमान अध्यक्ष रोजर अधिकारी हुनुहुन्छ। लामो समयदेखि अमेरिकामा रहनुभएका अधिकारी पेशाले पाइलट हुनुहुन्छ। 
 
सम्मेलनका लागि गैर आवासीय नेपालीहरुको संस्था एनआरएन, नेपाली कुटनीतिक नियोग, जेनेभास्थित थिंकट्यांक संस्था 'वी फर नेपाल' का प्रतिनिधिहरुलाई आमन्त्रण गरिसकिएको छ। 
 
एएनएको साधारण सभा हरेक वर्ष हुँदै आएको छ। गत वर्ष सन् २०१५ मा लसएन्जलसमा गर्ने तयारी भएकोमा नेपालमा गएको भुकम्पका कारण स्थगित भएको थियो। त्यसभन्दा अघि सन् २०१४ मा वासिङटन डिसी, २०१३ मा न्यूयोर्क र सन् २०१२ मा ड्यालसमा साधारण सभाहरु भएका थिए। 
 
यस पटकको साधारण सभाका लागि एटलान्टामा होटल बुकिङ सुरु भइसकेको छ। अनलाइनबाटै होटल र साधारण सभाका सहभागिताको लागि बुकिङ गर्न सकिने सुविधा दिइएको ढुंगानाले जानकारी दिनुभयो।