मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

म्यानमारको भूकम्पमा कैयौं भवन भत्किए

म्यानमारको भूकम्पमा कैयौं भवन भत्किए


याङ्गुन । म्यानमारमा केन्द्रबिन्दू रही बुधबार साँझ गएको ६.९ रिक्टर स्केलको भूकम्पबाट म्यानमारमा मानवीय क्षतिको समाचार नआएको अधिकारीहरुको भनाइ छ ।
 
म्यानमारका अधिकारीहरुले बिहीबार बिहानसम्ममा सो भूकम्पका कारण कुनै मानवीय क्षतिको समाचार नआएको बताएका छन् । तर सो भूकम्पको धक्का निकै शक्तिशाली महसुस गरिएकोले ठूलो क्षतिको अनुमान गरिएको थियो । 
 
भूकम्पको केन्द्रविन्दू म्यानमारको राजधानी न्यापित्वदेखि ३९६ किलोमिटर उत्तरमा रहेको र १३५ किलोमिटर गहिराइमा परेको पनि अमेरिकी भूगर्भ मापन केन्द्र युुएसजीएसले जनाएको छ । 
 
सो भूकम्पका कारण म्यानमारका कैयौं भवन भत्किएका छन् । विशेषगरी प्यागोडा शैलीमा निर्मित देवालय एवम् भवनहरु यस भूकम्पको धक्काबाट भत्किएको बिहीबार बिहान प्राप्त समाचारमा जनाइएको छ ।
 
जर्मनीको भूगर्वशास्त्र अनुसन्धान केन्द्रले भने बुधबारको भुकम्प ७.१ रिक्टर स्केलको भएको जनाएको छ । यसको धक्काका कारण भाग्ने क्रममा चीन, म्यानमार र बङ्गलादेशमा पनि व्यक्तिहरु घाइते भएका प्राप्त समाचारमा जनाइएको छ ।
 
भूकम्पको धक्का म्यानमारका अधिकांश भूभाग, भारत, बङ्गलादेश, चीन, नेपाललगायतका दक्षिण एसियाली मुलुकमा पनि महसुस गरिएको थियो । 
 
बिहीबारका सञ्चारमाध्यमहरुले भारतको पूर्वी आसाम राज्य र बङ्गलादेशको पश्चिमी भूभागमा भूकम्पको  धक्का शक्तिशालीरुपमा महशुस गरिएको उल्लेख गरेका छन् ।
 
चिनियाँ समाचार संस्था सिन्ह्वाले तिब्बतमा भूकम्पका कारण कडा धक्का महसुस गरिएको बताएको छ । तिब्बतमा करिब एक मिनेटसम्म भूकम्पको धक्का महसुस गरिएको सिन्ह्वाले जनाएको छ । 
 
भूकम्पबाट भएको क्षतिको विवरण सङ्कलन जारी राखिएको अधिकारीहरले जनाएका छन् । तर बिहीबार बिहानसम्ममा भने कुनै मानवीय क्षतिको समाचार आएको छैन । 
 
विशेषगरी म्यानमारमा नागरिकले बुद्ध धर्माबलम्बीहरुको नयाँ वर्षको उपलक्षमा बुधबार रमाइलो गरिरहेका बेला शक्तिशाली भूकम्पका कारण जनजिवन निकै प्रभावित भएको जनाइएको छ । रासस÷ एएफपी