मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जर्मनीको संस्थाबाट दुर्गमका विद्यार्थीलाई खाद्यान्न

जर्मनीको संस्थाबाट दुर्गमका विद्यार्थीलाई खाद्यान्न


गोरखा । उत्तरी गोरखाका १३ गाविसका विद्यार्थी पढ्ने सिर्दिवासको बुद्ध आवासीय माध्यमिक विद्यालयका विद्यार्थीलाई खाद्यान्न सहयोग प्राप्त भएको छ । 
 
जर्मनीको परोपकारी संस्था ‘एक्सन क्लिनियर प्रिन्ज तथा किन्डरहिल्फे नेपाल’ को आर्थिक सहयोगमा १३० जना विद्यार्थीलाई खाद्यान्न सहयोग आएको हो ।
 
बुद्ध आवासीय माविमा सामागाउँ, ल्हो, प्रोक, बिही, चुम्चेत, छेकम्पार, सिर्दिवास, केरौंजा, कासीगाउँ, केरौंजा, उहियालगायत गाविसका विद्यार्थी आवासीय सुविधासहित बस्दै आए पनि छात्रावासमा खाद्यान्नको समस्या छ । 
 
भूकम्पले छात्रावास भवन भत्केपछि विद्यार्थीले थप कष्ट पाएको प्रध्यानाध्यापक प्रकाश घिमिरेले बताउनुभयो ।
 
थुमी गाविसको सोतीबाट १३० बोरा चामल आजदेखि ढुवानी सुरु गरिएको जानकारी दिँदै घिमिरेले आउँदो बर्खा अघि नै चामल ढुवानी गरिसकिने बताउनुभयो । सामुदायिक रेडियो प्रसारक सङ्घका वरिष्ठ केन्द्रीय उपाध्यक्ष किशोरजङ थापाले विद्यालयका प्रअ घिमिरेलाई चामल हस्तान्तरण गर्नुभएको हो । खाद्यान्न सहयोग बुझेपछि प्रअ घिमिरेले भन्नुभयो, “छात्रावासका विद्यार्थीलाई के खुवाउने भन्ने समस्या थियो, त्यो हल भयो ।” सडकको पहुँच नभएकाले खच्चडमार्फत ढुवानी गरी चामल सिर्दिवास लगिएको छ । रासस