मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा ‘न्यू इयर कप’ ड्यालस गोर्खा हरियोको हातमा

अमेरिकामा ‘न्यू इयर कप’ ड्यालस गोर्खा हरियोको हातमा


हिमालय खबर संबाददाता- 
ड्यालस (अमेरिका)– नेपाली नयाँवर्षको अवसरमा ड्यालसमा आयोजित 'फस्ट नेपाली न्यू इयर कप' फुटबल प्रतियोगिता 'ड्यालस गोर्खा हरियो' ले जितेको छ।
 
डिएफडब्ल्यू हिमालयज फुटबल क्लबको आयोजनामा भएको यो प्रतियोगितामा १६ टीमले सहभागिता जनाएका थिए। शनिबार बिहान भएको फाइनलमा  हिमालयन ड्रुक लाई ट्राइब्रेकरमा ३–२ ले हराउँदै ड्यालस गोर्खा हरियो  विजेता हुन सफल भएको हो।
 
निर्धारित समयसम्म दुबै टीमको तर्फबाट बराबरी १/१ गोल भएको थियो। त्यसपछि ट्राइब्रेकरमा ड्यालस गोर्खा हरियो बिजयी हुन सफल भएको हो। खेलको उद्घाटन नेपाली समाजका अध्यक्ष कृष्ण लामिछानेले बल फ्याँकेर गर्नुभएको थियो। 
 
यो प्रतियोगितामा टेक्सासका अतिरिक्त लसएन्जलस र लुजियानाबाट समेत नेपाली टीमले सहभागिता जनाएका थिए। आयोजक समितिका संयोजक दिनेश थापाले हिमालय खबरसँगको कुराकानीमा यो वर्षदेखि हरेक नेपाली नयाँ बर्षमा प्रतियोगिता हुने जानकारी दिए। 
 
यस पटकको प्रतियोगितामा नेपाली समाज टेक्सस (एनएसटी) ले ट्रफी र आर्थिक सहयोग गरेको थियो। नेपाली युवाहरुलाई प्रोत्साहन गर्न आउँदो वर्षहरुमा पनि यस्तै सहयोग जारी रहने समाजका महासचिव कमल सत्यालले  बताउनुभयो। 
 
खेल समापनको अवसरमा बिजेता टीमलाई एकहजार डलर नगद, ट्रफी र  मेडल प्रदान गरिएको थियो। त्यस्तै उपविजेता टीमलाई पाँचसय डलर, ट्रफी र मेडल प्रदान गरिएको थियो । खेलमा 'मोस्ट भ्यालुएबल प्लेयर' को उपाधी हिमालयन ड्रुकका सोमान तामाङलाई प्रदान गरिएको थियो। 
 
फाइनल खेलमा खेलाडीलाई हौसला प्रदान गर्नका लागि टेक्ससमा रहेका  नेपाली समाजका विभिन्न संघ-संस्थाका पदाधिकारीहरु, समाजका पूर्ब अध्यक्ष गौरी जोशी, नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय सदस्य हरिबोल भण्डारी, जनसम्पर्क समिति ज्ञानेन्द्र कार्की, समाजसेबी मनोज सिग्देल, बिश्व सुवेदी लगायत चारसयको हाराहारीमा नेपालीहरुको उपस्थिती थियो।