मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

दुर्घटनामा प्रहरी निरीक्षकको मृत्यु

दुर्घटनामा प्रहरी निरीक्षकको मृत्यु


धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट गाउँ विकास समितिको वडा नं १ मलेखुमा आइतबार बिहान ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एकजनाको ज्यान गएको छ । 
दुर्घटनामा परी ज्यान गुमाउनेमा चितवन घर भई हाल बेनिघाटमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक दुर्गाबाबु पाठक रहेको प्रहरीले जानकारी दिएको छ । मुग्लिनदेखि काठमाडौँ जाँदै गरेको ना ३ ख ८७३२ नम्बरको ट्रकले उनी चढेको बा ६१ प ११५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा घाइते भएका पाठकको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । दुर्घटनापछि ट्रक र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।