मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतमा मन्दिर आगलागीमा एक सयभन्दा बढीको मृत्यु

भारतमा मन्दिर आगलागीमा एक सयभन्दा बढीको मृत्यु


नयाँ दिल्ली । दक्षिण भारतमा रहेको एक मन्दिरमा आइतबार भएको भीषण आगलागीमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १०२ पुगेको छ । 
 
भारतको केरेलाराज्यको तटीय सहर पारवुरामा रहेको पुत्तिङ्गल देवीको मन्दिरमा हिन्दू नयाँ वर्षको उपलक्ष्यमा भएको आतसबाजीमा यो आगलागी भएको बताइएको छ । 
 
मन्दिर परिसरमा जम्मा भएका व्यक्तिबीच भएको यस आगलागीमा परी १०२ व्यक्तिको मृत्यु हुनुका साथै अन्य ३५० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।
 
स्थानीय समयानुसार आइतबार बिहान ४ बजे सुरु भएको यस आगलागीमा सुरुमा ५० जनाको मृत्यु भएको बताइएको थियो भने पछि यो सङ्ख्या बढेर १०२ पुगेको हो ।  
 
अग्निी नियन्त्रक र प्रहरी आगलागी नियन्त्रण तथा घाइतेहरुको उद्धारका लागि सङ्घर्षरत रहेका बताइएको छ । हाल स्थिति नियन्त्रणमा आएको केरेलाका गृहमन्त्री रमेश चेन्नीथालाले भारतीय टेलिभिजन च्यानल एडिटिभीलाई जानकारी दिनुभएको छ ।  
 
आगलागीमा परेर घाइते भएकाहरुमा केहीको अवस्था चिन्ताजनक भएको हुनाले मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीले अनुमान गरेका छन्  । 
 
भारतीय प्रधानमन्त्रीद्वारा भ्रमण  
यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आइतबार केरेलाराज्यको तटीय सहर पारवुरामा रहेको पुत्तिङ्गल देवीको मन्दिरमा जाँदै हुनुहुन्छ । 
 
मन्दिरमा आइतबार बिहान सबेरै भएको आगलागीमा परी कम्तीमा १०२ व्यक्तिको मृत्यु हुनुका साथै अन्य ३५० भन्दा बढी घाइते भएका छन् । एएफपी / सिन्ह्वा