मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ह्युस्टनमा रक्तदान र निशुल्क स्वास्थ्य परीक्षण

ह्युस्टनमा रक्तदान र निशुल्क स्वास्थ्य परीक्षण


हिमालय खबर – 
ह्युस्टन , टेक्सास – अप्रील  ९ । नेप्लिज एसोशिसन अफ ह्युस्टनले प्रत्येक वर्ष नेपाली नयाँ वर्षको उपलक्ष्यमा संचालन गर्दै आएको रक्तदान कार्यक्रम यसपटक पनि सम्पन्न गरेको छ ।
 
गल्फ कोष्ट रिजनल ब्लड सेन्टरको सहयोगमा आज सम्पन्न भएको सो कार्यक्रममा अठतिस जनाले रक्तदान गरेको बताइएको छ । 
 
एसोशिएसनका कार्यकारी सदस्य प्रशान्ति पण्डितको सक्रिय संयोजनमा उक्त रक्तदान कार्यक्रम भएको हो ।
 
त्यसैगरी भीकेयर कम्युनिटि क्लिनिकले सोही अवसरमा निशुल्क स्वास्थ्य परीक्षण तथा फ्लू सट उपलब्ध गराएको छ । ब्लड प्रेसर , सुगर परीक्षणका
साथै निशुल्क फ्लू सट समेतको सेवा प्रदान गरेर भीकेयर कम्युनिटी क्लिनिकले नेपाली समुदायकोलागि उल्लेख्य योगदान गरेको कुरा त्यहाँ उपस्थित समुदायको टिप्पणी थियो ।
 
उक्त स्वास्थ्य परीक्षण कार्य भीकेयर क्लिनिकका कार्यकारी अधिकृत एवं एनएएचका सहायक सचिव द्रोण गौतमको सक्रियतामा सम्पन्न भएको थियो । 
 
कार्यक्रममा टेक्सासका काँग्रेस म्यान अल ग्रिनको उपस्थितिले नेपाली समुदायलाई उत्साहित गरेको थियो । काँग्रेस म्यान अल ग्रिनले पनि त्यहाँ आफ्नो स्वास्थ्य परीक्षण गराएका थिए ।
 
विगत केही वर्षदेखि नेपाली नयाँ वर्षलाई " नेपाल डे " को रुपमा मनाउन सिटी अफ ह्युस्टनले वैधानिकता दिएको छ ।