मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

एनआरएन अमेरिकाको शैक्षिक कार्यदल गठन: २१ सदस्यीय समितिमा नौ डाक्टर

एनआरएन अमेरिकाको शैक्षिक कार्यदल गठन: २१ सदस्यीय समितिमा नौ डाक्टर


हिमालय खबर संबाददाता-
ड्यालस (अमेरिका)– गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको शैक्षिक कार्यदल गठन भएको छ ।
 
संघका अध्यक्ष डा.केशव पौडेलको अध्यक्षतामा बसेको कन्फरेन्स बैठकले डा.अर्जुन बन्जाडेको संयोजकत्वमा २१ सदस्यिय शैक्षिक कार्यदल गठन गर्ने निर्णय गरेको हो । समितिमा डा.लेखनाथ अधिकारी, जगदम्बा अधिकारी, डा.दीपक बस्याल, प्रभा अधिकारी, भोज बलायर, दीनबन्धु भट्ट, अरुण भट्टराई, डा. राजन अधिकारी, डा.नारायण भेटवाल र डा. मातृका चापागाई सदस्य मनोनित हुनुभएको छ ।
 
त्यस्तै थप मनोनित सदस्यहरुमा बुना दाहाल, मोहन घिमिरे, राम गुरुङ, कविता खरेल, भावना कोइराला, डा. भीमलाल नकर्मी, अमृता राणा, डा. रुपक रौनियार, डा. ममता सिंह र बलराम थापा हुनुहुन्छ । 
 
अमेरिकामा रहेका नेपाली समुदाय र उनीहरुका बालबालिकालाई नेपाली भाषा, कला, संस्कृतिका विषयमा के कस्ता कार्यक्रमहरु सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा समेत बैठकमा छलफल भएको थियो । उक्त कार्यदलका पदाधिकारीहरुको हालै सम्पन्न बैठकले एक वर्षभित्र गर्न सकिने कार्यक्रमहरुको सूचि तयार गर्ने र अर्को बैठकले संभव कार्यक्रमहरुलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको संयोजक बञ्जाडेले बताउनुभयो । 
 
बैठकमा अध्यक्ष डा. पौडेल र क्षेत्रीय उपाध्यक्ष बन्दना कोइरालाले समेत समुदायलाई संभावित कार्यक्रम पेश गर्नको लागि आव्हान गर्नुभएको थियो ।
 
-: एनआरएन अमेरिकाको सूचना :-