मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

साहुको कुटाइबाट मजदुरको मृत्यु

साहुको कुटाइबाट मजदुरको मृत्यु


महोत्तरी । साहुको कुटपिटपछि गम्भीर घाइते भएका एक मजदुरको मृत्यु भएको छ ।
 
हातिलेट–२ का पवन बस्नेतको कुखुरा फर्ममा वर्षौदेखि मजदुरी गर्दै आएका स्थानीय २५ वर्षीय बिजुलीकुमार सदाको कुटपिटबाट मृत्यु भएको हो । केहीदिन अगाडि साहुसँग सामान्य विवाद हुँदा दुवैजना बीच कुटाकुट भएको थियो । सोही क्रममा साहुको कुटाइबाट गम्भीर घाइते भएको सदाको समयमै उपचार हुन नसक्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
 
कुखुरा फर्मका धनी पवन फरार रहेकाले उनको खोजी भइरहेको प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो । मृतकको शव परीक्षणका लागि जलेश्वर ल्याउने तयारी भइरहेको छ । रासस