नवलपरासी । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारले मधेसका मागहरुको बेवास्ता गरे वैशाख पहिलो सातादेखि सिंहदरबार केन्द्रित आन्दोलन गर्ने चेतावनी दिएका छन् । 
	मधेस जागरण कार्यक्रमअन्तर्गत शनिबार नवलपरासीको सदरमुकाम परासी आइपुगेका अध्यक्ष महतोले पत्रकार सम्मेलनमा बोल्दै यस्तो चेतावनी दिएका हुन् । 
	परासीमा भएको पत्रकार सम्मेलनमा नेता महतोले विगतमा गरिएको नाकाबन्दीको कार्यक्रम असफल भएकोले स्वीकार गर्दै आगामी दिनमा गरिने आन्दोलन मधेसकेन्द्रित मात्र नभएर सिंहदरबारकेन्द्रित हुने बताए । 
	मधेस आन्दोलनले मधेसी जनतालाई मात्र बढी समस्या पर्दा शासक वर्गले आफ्नो माग सुनुवाई नगरेको भन्दै अब गरिने आन्दोलन शासक वर्गलाई पनि असर पार्ने खालको गरिने बताए । 

 
                                                    


                    
                    
                    
                    
प्रतिक्रिया