मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

लसएन्जसलमा सरोज खनालको ‘प्रेमगीत’ (भिडियो सहित )

लसएन्जसलमा सरोज खनालको ‘प्रेमगीत’ (भिडियो सहित )


शंकर वाग्ले / हिमालयखबर सवाददाता –
लसएन्जलस (अमेरिका)  हलिउड शहर लसएन्जलसमा नेपाली चलचित्र 'प्रेमगीत' को प्रदर्शन गरिएको छ।
 
गत वर्षमात्र एक दशकको अमेरिका बसाईपछि नेपाल फर्किएका नायक सरोज खनालको बेजोड अभिनय रहेको यो चलचित्र हेर्न पाउँदा लसएन्जलसमा बस्ने नेपालीहरु निकै खुशी थिए। युरोपमा व्यबसाय गरेर बसेका गैर आवासीय नेपाली संघका पूर्ब अध्यक्ष जीवा लामिछाने समेत यो चलचित्र हेर्न स्थानीय नेपालीहरुसँगै हलमा उपस्थित भएका थिए। त्यस्तै अवैतानिक वाणिज्यदूत ऋषि ढकालले पनि चलचित्र आफूलाई निकै मन परेको बताए। 
 
सो चलचित्र हेर्नको लागि लस एन्जल्समा रहेको सम्पुर्ण स्थानीय संघ संस्थाहरुको प्रमुख एंव प्रतिनिधिहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।
सरल प्रेमकथा, आधुनिक, भावुकपन र वियोगान्त यो चलचित्र निकै मार्मिक रहेको प्रतिकृया चलचित्र हेरेर बाहिर निस्केपछि दर्शकहरुले दिएका छन्। बालकदेखि लिएर बृद्धबृद्धाले समेत चलचित्र मन परेको प्रतिकृया दिए। 
 
लसएन्जल्सको स्थानिय ह्विवटर हलमा प्रदर्शन गरिएको यो चलचित्र हेर्न सयौं नेपालीहरु उपस्थित भएका थिए। यो चलचित्रको प्रदर्शनीकाे व्यवस्था नेपाल अमेरिका एकता समाजले गरेको थियो । 
 
चलचित्र हेर्नको लागि धेरै   लसएन्जल्सबासी नेपालीहरूको उल्लेखनिय उपस्थिति रहेको जानकारी समाजका अध्यक्ष सूर्य प्रसाइले दिनुभयो ।