मस्को । एकजना रसियाली अधिकारीले अफगानिस्तानमा इस्लामिक स्टेट्स्, आइएस नामक आतङ्ककारीको संगठन विस्तार भइरहेको जानकारी दिएका छन् ।
उनले अफगानिस्तनानमा तालिवानहरुका अतिरिक्त आइएसले संगठन विस्तार गरिरहेका र यस क्रममा अफगानिस्तानलाई आइएसले एक रणनीतिक स्थानका रुपमा विकास पनि गरिरहेका बताएका छन् । रसियाली विदेश मन्त्रालयको एसिया विभागका द्वितीय निर्देशक जमिर काबुलोभले सो जानकारी दिएका हुन् । उनले भनेका छन्– अफगानिस्तानको पछिल्लो सुरक्षा अवस्था निकै नै गिर्दो रहेको छ ।
पछिल्ला वर्षहरुमा अफगानिस्तानमा तालिवानहरुले पनि विभिन्न नगरमा हमला गरेका मात्र नभई आफ्नो अवस्थालाई बलियो बनाएका छन् र त्यतिमात्र नभएर आइएसको संगठनलाई पनि विस्तारित गरेका छन् ।
काबुलोभले भने– अफगानिस्तानलाई तालिवानहरुले जस्तैगरी आइएसले पनि आफ्नो शक्ति विस्तारको क्षेत्रका रुपमा लिएका छन् र आगामी दिनमा उनीहरुले यस बाहिर अथवा यसका छिमेकी देशमा पनि संगठन विस्तारको रणनीतिका रुपमा लिने खतरा बढ्दो छ ।
यस विषयमा तालिवानहरुसँग भने उनीहरुको समन्वय वा वार्ता भएको नहुनसक्छ भन्दै तर यसले आगामी दिनमा आइएसको संगठन विस्तारको आधार बलियो बन्नसक्ने खतरा रहेको पनि उनले बताएका छन् ।
पछल्लो समयमा अफगानिस्तानमा आइएसको संगठन विस्तार भइरहेको आशङ्का यस अघिदेखि नै विभिन्न देशबाट पनि व्यक्त भइआएको थियो ।
तर यस विषयमा अफगान सरकारले भने केही बताएका छैन । साथै अफगानिस्तानमा करिब डेढ दशकदेखि सशस्त्र आतङ्क मच्चाउदै आएका तालिवानहरुले पनि यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् । एएफपी
प्रतिक्रिया