आइसल्याण्ड । पानामा पेपर्सले ल्याएको पहिलो राजनीतिक हलचलका रुपमा आइसल्याण्डका प्रधानमन्त्री सिगमन्दुर गुनलौगसनले आफ्नो पदबाट राजीनामा दिएका छन् । पानामा पेपर्समा विश्वका केही शक्तिशाली मानिसका ‘अफसोर लेनदेन सार्वजनिक भएपछि यसले पारेको पहिलो प्रभाव नै सिगमन्दुरको राजीनामा हो ।
सिगमन्दुरले पनि श्रीमतीसँग मिलेर ट्याक्स हेवनमा कम्पनि खोलेको भेटिएको थियो । सिगमन्दुर विवादमा परेपछि उनलाई प्रधानमन्त्री पदबाट राजीनामा दिन चर्को दबाब परेको थियो । हिजो नै उनको राजीनामा माग गर्दै दसौं हजारले आइसल्याण्डमा प्रदर्शन गरेका थिए ।
उनले राजीनामा गर्नुको सट्टा संसद नै भंग गर्न राष्ट्रपतिसमक्ष अनुरोध गरेका थिए । तर राष्ट्रपतिले सत्ता साझेदार अन्य दलहरुसँग सल्लाह गरेपछि मात्र उनको प्रस्ताव स्वीकार गर्ने बताएपछि उनलाई राजीनामा दिन झनै दबाब बढेको थियो ।
सिगमन्दुर विरुद्धको आरोप ?
सिगमन्दुर र उनकी पत्नीले सन् २००१ मा अफसोर कम्पनी खडा गरेका थिए, जसको आइसल्याण्डका बैंकहरुमा ‘बोन्ड’ थियो। यसको अर्थ हो, सिगमन्दुर र उनकी पत्नीले आइसल्याण्डका बैंकलाइ ‘ऋण’ दिएका हुन्।
२००८ को आर्थिक मन्दीमा परेको आइसल्याण्डका केही बैंकहरु डुबे र बन्द भए । २००९ मा सिगमन्दुर आइसल्याण्डमा प्रोग्रेसिभ पार्टीको अध्यक्ष बने र संसदमा निर्वाचित भए ।
तात्कालीन कानुनअनुसार आइसल्याण्ड संसद सदस्यले कुनै पनि कम्पनीमा आफ्नो २५ प्रतिशतभन्दा बढी सेयर भए सार्वजनिक गर्नुपर्ने थियो । त्यस समय उनी र उनकी श्रीमतीको विन्ट्रीश नामको अफसोर कम्पनीमा ५०-५० प्रतिशत सेयर भए पनि उनले त्यसलाई सार्वजनिक गरेनन्, बरु उनले तुरन्तै अफसोर कम्पनीको आफ्नो पनि सेयर केवल १ डलरमा नै श्रीमतीलाई बेचिदिए ।
सन् २००८ को वित्तीय संकटपश्चात आइसल्याण्डले आफ्नो देशलाई दिएको ऋण कसैले बाहिर लगे ३९ प्रतिशत ‘स्थिर कर’ लगाएको थियो । २०१५ मा आएर सिगमन्दुर नेतृत्वको सरकारले उक्त कर हटायो, यसबाट राज्यले दुई अर्ब युरो गुमायो र फाइदा पाउनेमा उनकी श्रीमतीको विन्ट्रीश कम्पनी पनि रह्यो ‘कन्फ्लीक्ट अफ इन्ट्रेस्ट’ भएको विपक्षीहरुको दाबी छ ।
पहिलो राजनीतिक हलचलका रुपमा आइसल्याण्डका प्रधानमन्त्रीले राजीनामा पदएका छन् । पानामा पेपर्सकले के कति हल्ली चल्ली मच्चाउने हो त्यो भने हेर्न बाँकी नै छ ।
प्रतिक्रिया