मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

आत्मघाती आक्रमणमा चार सर्वसाधारणको मृत्यु

आत्मघाती आक्रमणमा चार सर्वसाधारणको मृत्यु


अफगानिस्तान । पूर्वी अफगानिस्तानको पार्वान प्रान्तमा मङ्गलबार एक अस्पतालनजिकै भएको आत्मघाती बम आक्रमणमा कम्तीमा चार सर्वसाधारणको मृत्यु भएको छ । 

सिआ गिर्द जिल्लामा रहेको अस्पतालनजिकै स्थानीय समयानुसार मङ्गलबार बिहान ९ः३० भएको यस आक्रमणमा कम्तीमा चार सर्वसाधारणको मृत्यु हुनुको साथै अन्य २२ जना घाइते भएका प्रान्तीय प्रवक्ता वाहिद सिद्दिकीले सिन्ह्वा समाचार समितिलाई बताउनुभएको छ । 
 
विस्फोटपछि सरकारी सैनिकले सो इलाकालाई घेरामा हालेको थियो । पहिलो विस्फोट भएको केही समयपछि त्यहाँ दोस्रो विस्फोट भएको बताइएको छ । 
 
स्थानीय विद्यालयनजिकै गरिएको यस दोस्रो आक्रमणबाट केही बालबालिका र महिलाहरु प्रभावित भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । 
 
के कति कारणले र कसले यो आक्रमण गरेको हो भन्ने बारेमा भने प्रष्ट नभएको जनाइएको छ । यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन । रासस/सिन्ह्वा