ड्यालस (अमेरिका) – इन्द्रेणी संस्कृतिक संघ, ड्यालस टेक्सासको अध्यक्षमा तारा भुषाल चयन भएका छन्। इन्द्रेणी संस्कृतिक संघका निबर्तमान अध्यक्ष नेत्र पाण्डे को सभापतित्वमा आज अप्रिल ३ मा सम्पन्न चौथो अधिवेशनले भुषाल को अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
जेस्ठ नागरिक रामचन्द्र पाण्डे ले दीप प्रज्वलन गरि स्वस्तिवाचन गरि कार्यक्रमको उदघाटन गर्नु भएको थियो। कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा चन्द्रमणि पाण्डे र उपाध्यक्षमा बेधनिधि दाहाल, महासचिव रुपेश नेउपाने, सचिव डा. परशुराम दाहाल र कोषाध्यक्षमा कमल शर्मा निर्वाचित भएका छन्।
साथै सदस्यहरुमा जनक राना, यमुना भट्टराई, प्रदीप तिम्सिना, लक्ष्मण घिमिरे र उदय पौडेल चयन भएका छन्। बिधानत ३ सदस्यहरु कार्यसमितिले पछि मनोनयन गर्नेछ।
समिति का अध्यक्ष तारा भुषाल नेपाली समाज टेक्सास को निवर्तमान उपाध्यक्ष हुन भने बरिस्ठ उपाध्यक्षमा चन्द्रमणि पाण्डे पनि नेपाली समाज टेक्सास को पूर्व उपाध्यक्ष हुन। त्यसैगरी सदस्य यमुना भट्टराई पनि नेपाली समाज टेक्सास को निवर्तमान उपाध्यक्ष हुनुहुन्छ भने अर्का सदस्य जनक राना नेपाली समाज टेक्सास को पूर्व सचिव र सदस्य प्रदीप तिम्सिना एन. आर. एन. अमेरिका टेक्सास च्याप्टरका बर्तमान उपाध्यक्ष पनि हुनुहुन्छ।
समाज मा निकै राम्ररी भिजेका र धेरै सामाजिक गतिविधिमा सहभागी बनि खारिएका यी सदस्यहरु सहितको यो टीम ले समाजलाई सांस्कृतिक क्षेत्रमा ठूलो खुडकिलो मार्न मदत गर्ने छ भन्ने सहज अनुमान गर्न सकिन्छ।
कार्यक्रममा देवी पाण्डे तथा तुलशी कंडेल ले सम्मेलन को सफलताको शुभकामना दिनुभएको थियो। इन्द्रेणी संस्कृतिक संघ को संस्थापक सदस्य भीम कार्की लगायत झन्डै १५० साधारण सदस्यहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा बेदनिधि दाहाल ले स्वागत तथा कार्यक्रम को संचालन गर्नु भएको थियो। कार्यक्रम मा इन्द्रेणी को नया बिधान समेत पास गरिएको थियो साथै निबर्तमान अध्यक्ष पाण्डेले अध्यक्ष को प्रतिबेदन तथा कोषाध्यक्ष तुलषा लामिछाने ले आर्थिक प्रतिबेदन पेश गर्नु भएको थियो।
कार्यक्रमको अन्तमा समाजसेवी डा नन्द रेग्मी, गोकर्ण दाहाल तथा कमल ओझा ले नवनिर्वाचित कमिटिलाई बधाई तथा शुभकामना मन्तव्य तथा नवनिर्वाचित अध्यक्ष ले प्रतिबध्दता मन्तब्य दिनुभयो।
अन्तमा, अध्यक्ष मण्डल का अध्यक्ष कृष्ण भण्डारी ले निर्वाचन प्रक्रिया मा सहयोग पुर्याउने सम्पूर्ण साधारण सदस्य तथा नवनिर्वाचित टीम लाई बधाई ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नु भयो।
प्रतिक्रिया