मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

आगलागीमा तीन बालबालिकासहित आठको मृत्यु

आगलागीमा तीन बालबालिकासहित आठको मृत्यु


मस्को, २२ चैत । रसियाको सिबेरियन गाउँमा एक निजी काठे भवनमा भएको आगलागीमा परी आठ व्यक्तिको मृत्यु भएको अनुसन्धानकर्ताहरुले सोमबार जानकारी दिएका छन् ।
 
आगलागी भएको सो भवनभित्र तीन महिला, दुई पुरुष र दुई बालबालिका मृतक अवस्थामा फेला परेको जनाइएको छ । सो घटना दक्षिणपश्चिम सिबेरियाको तोमस्क क्षेत्रबाट करिब २०० किलोमिटर टाढा रहेको मोल्त्सानोभोमा भएको जनाइएको छ ।  
 
एक बालकको भने अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अनुसन्धान कमिटीले  जनाएको छ । सुरक्षाकर्मीका अनुसार आगलागी आइतबार रातिबाट नै सुरु भएको थियो । 
 
उक्त आगलागीमा मारिएका दुई पुरुषमध्ये एक भने पाहुना भएको बताइएको छ । आगलागीको कारण तत्काल प्रष्ट नभएको अनुसन्धानरत रहेको जनाइएको छ । रासस/एएफपी