अमृत बाबु कट्टेल, हिमालयखबर सवाददाता-
ओक्लाहोमा (अमेरिका)– झण्डै एकहजार नेपालीहरु बसोबास गर्दै आएको अमेरिकी राज्य ओक्लाहोमास्थित ग्याँस तथा बिजुली कम्पनी ‘ओजिई’ ले भाउ बढाउने तयारी गरेको छ ।
बिजुलीको भाउ बृद्धिको लागि ‘ओक्लाहोमा ग्याँस तथा इलेक्ट्रिक’ ले ‘कर्पोरेसन कमिसन’ सँग स्विकृति मागेको छ ।
भाउ बढाउनु अघि सार्वजनिक सुनुवाई गर्ने नियम अनुसार कमिसनले आउँदो मे ३ देखि सुनुवाई सुरु गर्दैछ । कर्पोरेनस कमिसनको स्विकृती पछिमात्र ओजिईले भाउ बढाउन पाउँछ ।
ओक्लाहोमामा झण्डै एकहजार नेपालीहरु छन् । ओजिईको प्रस्ताव स्विकृत भएमा घरायसी उपभोक्ताका निम्ति ६ दशमलव ६ प्रतिशतले मूल्य बृद्धि हुनेछन् । अहिले घरायशी उपभोक्ताले प्रतियुनिट झण्डै १२ सेन्ट तिर्छन् । प्रस्ताव स्विकृत भएमा नेपालीहरु समेत यसबाट प्रभावित हुनेछन् ।
ओजिईले सामान्य सेवाका ग्राहकका लागि १२ दशमलव ६ प्रतिशत र औद्योगिक ग्राहकका लागि ५ दशमलव ४ प्रतिशतले मूल्य बढाउने प्रस्ताव गरेको छ । सन् २०१२ देखि भाउ नबढेको र खर्च भने बार्षिक ४ दशमलव ९ प्रतिशतले बढेको हुँदा भाउ बढाउन प्रस्ताव गरिएको ओजिइले जनाएको छ ।
बार्षिक खर्च ९ करोड २५ लाख डलरले बढेकोले त्यो खर्च धान्न मूल्य बढाउनुपरेको जानकारी ओजिइले ग्राहकलाई पठाएको पत्रमा उल्लेख छ
प्रतिक्रिया