मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतको कोलकातामा आकासे पुल भत्किँदा मारिनेको संख्या १४

भारतको कोलकातामा आकासे पुल भत्किँदा मारिनेको संख्या १४


कोलकाता,भारत भारतको कोलकता सहरमा बन्दै गरेरको फ्लाइओभर भत्किँदा १० जनाको मृत्यु भएको छ भने सयौं मान्छे फ्लाइओभर  मुनी पुरिएका छन् ।
 
प्रहरीका अनुसार कोलकातकै सबैभन्दा लामो मानिएको हावडा र गिरिस पार्क जोड्न बन्दै गएको फ्लाइओभर एक्कासी भत्किएको हो । उक्त फ्लाइओभर भत्किएर तल गुडीरहेका गाडी तथा यात्रुहरुलाई पुरेको स्थानिय मिडियाहरूले बताएका छन् ।
 
राज्य सरकारले यो दुर्घटनामा मारिएका व्यक्तिका परिवारलाई जनही ५ लाख रुपैयाँ दिने घोषणा गरेको छ । 
 
गम्भीररुपमा घाइते भएकाहरुलाई जनही दुई लाख रुपैयाँ उपचार खर्च दिने घोषणा बनर्जीले गरेकी छन् ।  समाचार अनुसार कोलकाताको उत्तरी गणेश टाकिज (गिरिश पार्क) नजिकै निर्माण भइरहेको एक पुल अचानक ढलेको हो ।
 
यो पुल सबैभन्दा बढी मानिस जम्मा हुने सहरी क्षेत्रमा बनिरहेको थियो । उद्धारका लागि प्रहरी, सेना र इन्जिनियरको टीम पनि जुटिरहेको छ ।