मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपाल अमेरिका पत्रकार संघ द्वारा प्रयास प्रकाशनका लागि लेख,रचना आव्हान

नेपाल अमेरिका पत्रकार संघ द्वारा प्रयास प्रकाशनका लागि लेख,रचना आव्हान


न्यूयोर्क,अमेरिका,मार्च २८- अमेरिकामा रहेका नेपाली संचारकर्मीहरुको संस्था नेपाल अमेरिका पत्रकार संघ(नेजाले आफ्नो पाँचौं अधिवेशन र दशौँ साधारण सभाको तयारीमा जुटेको छ । संघको पाँचौं अधिवेशन आगामी मे ७(८ मा क्यालिफोर्नियाको लस एञ्जलस शहरमा हुन लागेको छ । यसका लागि नेजाले अप्रिल ३ तारिखसम्म मिति कायम गरी सदस्यता विस्तार र नवीकरणको कार्य गरिरहेको छ । नेजा महासचिव भोला आचार्यको संयोजकत्वमा सदस्यता समिति गठन गरी सदस्यता सम्बन्धी प्रक्रिया जारी राखेको छ ।
 
यसैगरी नेजाका सचिव सुदीप पन्तको संयोजकत्वमा अधिवेशन तयारी मूल समिति गठन गरी अधिवेशनको तयारी र व्यवस्थापन प्रक्रिया अघि बढाइएको छ । समितिले मार्च दोश्रो सप्ताहान्तमा स्थानीय समुदायका अगुवा प्रतिनिधिहरुसंग लस एञ्जलसमा सामुदायिक छलफल समेत गरी अधिवेशनको बारे समुदायलाई जानकारी गराएको थियो । अधिवेशन तयारीका बारे समुदायलाई जानकारी गराउन नेजाका अध्यक्ष गौतम दाहाल,अधिवेशन तयारी समितिका संयोजक सुदीप पन्त र सदस्य अग्नी चौलागाई सहभागी हुनु भएको थियो ।
 
नेजाको यो अधिवेशनले आगामी दूई वर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ।
यसैबीच अधिवेशनको अवसर पारेर नेजाले आफ्नो द्वैवार्षिक प्रकाशन प्रयास समेत प्रकाशन गर्ने तयारी गरिरहेको छ । यसका लागि अध्यक्ष गौतम दाहालको संयोजकत्वमा सात सदस्यीय प्रकाशन समिति गठन गरि कार्य अघि बढाईएको नेजाले जनाएको छ । प्रयास प्रकाशन समितिमा विजय घिमिरे,लेखनाथ भण्डारी,चन्द्र खतिवडा,विष्णु शीतल,विकासराज न्यौपाने र भरत बराइली सदस्य रहनु भएको छ । समितिले आफ्ना सदस्यहरुलाई यही अप्रिल १५ तारिखभित्र आ आफ्ना लेख,रचना उपलब्ध गराई दिन आग्रह गरेको छ । यसैगरी प्रकाशनमा सहयोग गर्न समुदायका विभिन्न पेशा र व्यवसायमा आवद्ध सबैलाई अनुरोध गरेको छ ।
 
प्रयास प्रकाशन समितिले यस सम्बन्धी जारी गरेको सूचना जस्ताको तस्तै :
प्रयासका लागि लेख,रचना आव्हान यस नेपाल अमेरिका पत्रकार संघ-नेजाले आफ्नो पाँचौं अधिवेशनको अवसर पारेर (प्रयास) नामबाट एक विशेषांक प्रकाशन गर्न लागेको सहर्ष जानकारी गराइन्छ । यस प्रकाशनमा नेजाका आफ्ना गतिविधिसहित पत्रकारितासंग सम्बन्धित आलेख,जानकारी,संस्मरण र अन्य सामाग्रीलाई प्राथमिकता दिइनेछ । यसैगरी पत्रकारिता मार्फत सामाजिक,सांस्कृतिक र आर्थिक पक्षमा भएका सकारात्मक परिवर्तनका सामाग्रीहरु पनि प्रयास मा समेटिने छन् ।
 
ुप्रयासु आगामी मे ७(८, २०१६ मा लस एञ्जलसमा हुन लागेको नेजाको पाँचौं अधिवेशनमा सार्वजनिक गरिनेछ । तसर्थ यस प्रकाशनमा आ आफ्नो लेख, रचना र सान्दर्भिक सामाग्री आगामी अप्रिल १५ तारिखभित्र निम्न इमेलमा उपलब्ध गराई दिनु हुन नेजाका सबै इच्छुक सदस्यहरु,लेखक,विश्लेषक र सर्जकहरुलाई आग्रह गरिन्छ ।
 
प्राप्त लेख,रचना प्रकाशनका लागि निर्णय गर्ने अन्तिम अधिकार प्रयास प्रकाशन सम्पादक मण्डलसंग सुरक्षित रहनेछ । लेख,रचना बढीमा दूइ हजार शब्दसम्मको हुनुपर्नेछ । लेख,रचनाका साथ सम्बन्धित लेखकले आफ्नो एकप्रति पासपोर्ट साइजको तस्वीर समेत पठाउनु पर्नेछ । नेपाली भाषाका सामाग्रीलाई विशेष प्राथमिकता दिइनेछ ।
 
साथै यस प्रकाशनमार्फत आ आफ्नो व्यापाररव्यवसाय प्रवर्द्धन गर्न चाहने र शुभकामना संदेश प्रकाशन गर्न चाहने सबैका लागि विज्ञापनको अवसर समेत उपलब्ध छ ।यसका लागि समेत सम्पर्क गर्नु हुन आग्रह गरिन्छ । लेख,रचना,व्यवसायिक सन्देश [email protected] मा प्रेषित गर्नु हुन आव्हान गर्दछौं ।
 
प्रयास प्रकाशन सम्पादन समूहको तर्फबाट
गौतम दाहाल – संयोजक
विजय घिमिरे-सदस्य
लेखनाथ भण्डारी-सदस्य
चन्द्र खतिवडा-सदस्य
विष्णु शीतल- सदस्य
विकासराज न्यौपाने-सदस्य
भरत बराइली- सदस्य