मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

उत्तरी अफगानिस्तानमा एघार तालिवान मारिए

उत्तरी अफगानिस्तानमा एघार तालिवान मारिए


कुन्दुज (अफगानिस्तान) । अफगानस्निातको उत्तरी प्रान्त कुन्दुजमा तालिवान आतङ्ककारीविरुद्ध सुरक्षाबलले गरेको कारबाहीको क्रममा बुधबार कम्तीमा पनि ११ जना तालिवान आतङ्ककारी मारिएको समाचार छ । 
 
गत २४ घण्टाभित्र गरिएको कारबाहीको क्रममा ती आतङ्ककारी मारिएका सो प्रान्तका सैनिक प्रवक्ता नस्तातुल्ललाह जम्सिदीले बुधबार जानकारी दिएका छन् । 
 
प्रान्तीय राजधानी कुन्दुज सहर दसत इको बाहिरी इलाकाको कैयौँ गाउँमा भएको कारबाहीको क्रममा तालिवानको एक स्थानीय समूहका कमाण्डर मुल्लाह सबीरसहित ११ आतङ्ककाारी मारिएको बताइएको छ । 
 
मङ्गलबार बिहानबाट सुरु भएको यस कारबाहीमा सुरक्षाबलतर्फ भने कुनै हताहती नभएको जनाइएको छ । 
 
गत अक्टोबरमा केही समयको लागि कुन्दुज सहर कब्जामा लिएका र अहिले पनि कुन्दुज प्रान्तको केही जिल्लामा तालिवान सशस्त्र हतियारधारीहरु सक्रिय रहेका पनि ती सैनिक प्रवक्ताले जानकारी दिएका छन् । सिन्ह्वा